सामाजिक सञ्जाल सार्वजनिक हुने


जेठ २४, २०७९, मङ्गलबार | दिउँसो ०२:३६ बजे | 30


सामाजिक सञ्जाल सार्वजनिक हुने

संगम लामा
काठमाडौं ः नेपाल तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको अवसरमा “सामाजि सञ्जाल“ डकुमेन्ट्री सार्वजनिक हुने भएको छ । रोशी गाउँपालिकासँगको सहकार्यमा निर्माण गरिएको उक्त डकुमेन्ट्री जेठ २८ गते सार्वजनिक गर्ने लागिएको सोमवार पत्रकार सम्मेनमार्फत जानकारी गराईएको हो ।
कोभिड–१९ को कारणले थलिएको तामाङ चलचित्रलाई ब्यत्याउने उदेश्यले यो छोटोे डकुमेन्ट्री प्रदर्शन गर्नलागेको पत्रकार सम्मेलन मार्फत संघको अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभयो । उहाँले नेपाल तामाङ चलचित्र संघ र रोशी गाउँपालिकामा निर्माण भएको डकुमेन्ट्री ४५ मिनेटको रहेको र कुल लागत १० लाख ४ हजारमा निर्माण सम्पन्न गरेको बताउनु भयो ।
तामाङ चलचित्र संघको भुमिका के हो ?
तामाङ चलचित्र संघमा किन चलचित्र दर्ता गर्नुपर्छ ? भन्ने खालका प्रश्नहरु उठिरहेको हुनाले यसलाई सार्थकता दिने प्रयास गर्ने बताउनु भएको छ । कलाकार र पत्रकार बिचमा कस्तो सहकार्य गर्नुपर्छ भन्ने सन्देश दिनको लागि “डकुमेन्ट्री“ प्रदर्शन गरि शुरु गर्न लागेको बताउनु भयो । स्पेसल केही दिनका लागि हामीले लामो छलफलबाट डम्फू लाई “सेम्री छोरङ्न“ नामबाट विभिन्न बिदामा योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिने तर त्यसको बारेमा निजोडमा नपुगेको जानकारी दिनुभयो । प्रमुख अतिथिको पनि केही दिनमा जानकारी दिने उहाँले बताउनु भयो भने पत्रकारहरुसँगको छलफल गरेर निजोड गरिने बताउनुभयो ।  
उपाध्यक्ष अजय स्याङतान बताउनुभयो । हामीले अबको ४ महिना भित्रमा करिब ४ वटा चलचित्र प्रदर्शन हुन लागेको छ तसर्थ अब हामीले हल खोज्ने होइन हलले हाम्रो चलचित्र खोजोस् भन्ने तरिकाले चलचित्र निर्माण गर्न प्रोत्साहन दिने छ । उपाध्यक्ष दिपक लामाको बारेमा प्रश्न उठदा अध्यक्ष कुमार मोक्तानले सस्थाको तर्फबा उहाँलाई त्यसखालको गतिविधि नगर्नका लागि सुझाव दिइसकेको  र केही गलत सन्देश गएको हुनाले माफी माग्दै राम्रो काम गर्नका  लागि  सुझाव पनि दिनु भयो ।
“सामाजिक संञ्जाल“ छोटो डकुमेन्ट्रीको पटकथा रोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष डिभि मोक्तानको रहेको र निर्देशन संघको अध्यक्ष कुमार मोक्तानको रहेको जानकारी दिनुभयो । अन्तमा अध्यक्ष कुमार मोक्तानले डम्फूलाई नाङ्लोकोरुपमा स्थापीत हुँदै गएको चिन्ता व्यक्त गर्दै पत्रकारहरुले राखेको जिज्ञासा र सुझावलाई स्वीकारदै पत्रकार सम्मेलन समापन भएको थियोे ।


Comments