सकियो नगेन्द्र हाडा स्मृति साँझ
जेठ २२, २०७९, आइतबार | विहान ११:२५ बजे | 0
भक्तपुर । भक्तपुरमा नगेन्द्र हाडा स्मृति साँंझ भएको छ । नगेन्द्र हाडा परिवारको आयोजना तथा आराधना संगीत समूहको सहआयोजनामा हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा साँझ भएको हो ।
स्वर्गीय नगेन्द्र हाडा भक्तपुरका मात्रै नभई देशकै पुराना प्रख्यात गायक, लेखक तथा संगीतकार हुन् । उनी भक्तपुरका इटाछेंका स्थानीय हुन् । उनी उबेलाका चर्चित व्यक्तित्व संगीतसाधक हुन् ।
कार्यक्रम नगेन्द्रका आफनै भाइ देव हाडाको सभापतित्वमा भएको थियो । कार्यक्रममा नगेन्द्रका दुई छोराहरु रवि हाडा र राजेश हाडाले पनि गीत गाएका थिए ।
कार्यक्रममा नगेन्द्रका ११ वटा गीतहरु गाइएको थियो । साथै दुई वटा गीतको प्रिमियर पनि गरिएको थियो । कार्यक्रममा वरिष्ठ हास्यक कलाकार मदनकृष्ण श्रेष्ठले पनि गीत गाएका थिए । कार्यक्रममा वरिष्ठ संगीतकार दीपक जंगमको पनि उपस्थिति रहेको थियो ।
भक्तपुरका तारा नगेन्द्र हाडाको जन्म भक्तपुरमा भएको हो । युवा उमेरसम्म काठमाडौंमा बसेर हुर्केका उनी विवाहपछि भक्तपुरको आफनै पुख्र्याैली घर इटाछेंमा वस्न आएका थिए । जीवनको अन्तिम घडीसम्म पनि संगीतमा तपस्यारत उनको ६९ वर्षको उमेरमा २०६७ सालमा निधन भएको थियो ।
नगेन्द्रका जीवनी भक्तपुर नगरपालिकाद्धारा प्रकाशित स्थानीय पाठ्यपुस्तकमा पनि समावेश छ । त्यस हिसावले उनको जीवनीबारे भक्तपुरका स्कुलहरुमा पढाई हुन्छ ।
कार्यक्रममा हाडाले गाएका ५५ वर्ष पुराना गीतहरु गाइएको थियो । उनले २०१६ सालदेखि रेडियो नेपालमा प्रवेश गरी गीत गाउन थालेका थिए । उनका तीन दर्जन भन्दा वढी गीतहरु रहेका छन् । उनले आधुनिक, भजनलगायतका गीतहरु लेखेका छन् । ला छक्व वेका सम्हे वजी, सापारु खुन्हु या, यलाय व खपे देश वे प्यावललगायतका उनका चर्चित गीतहरु हुन् । उनले नेपाल भाषाका साथ नेपालीमा पनि गीत लेखन, गायन तथा संगीत पनि भरेका छन् । कार्यक्रममा आराधना संगीत समूहका अध्यक्ष सम्भुराज भण्डारीले स्वागत गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...