जुना दाहाल अभिनित तिमीसंग दुरी बढ्दा सार्वजनिक
जेठ २१, २०७९, शनिबार | विहान ०७:०८ बजे | 15
सुवास महत
तिमिसंग दुरी बढ्दा शुक्रबार सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा हरेक दिन जस्तो नयाँनयाँ गीतहरू सार्वजनिक भइरहेको छ । नव गायक गायिकादेखि लिएर पुराना गायक गायिकाहरू आफ्ना दर्शकहरूको लागि गितको फरक स्वाद चखाउन लागि परेका छन् ।
यसै क्रममा चर्चित गायक नरेन्द्र प्यासीको आवाजमा विल्कुलै नयाँ गित तिमिसंग दुरी बढ्दा शुक्रबार सार्वजनिक भएको छ ।
गोविन्द शृङ्खलाले लेखेका शब्दलाई ईसार मागियाले संगित भरेका हुन् । संजय श्रीपालीको संगित एरेन्ज रहेको गित मुर्चुङ्गा रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको छ ।
देवराज आचार्य, जुना दाहाल साथै प्रतिमा बस्नेतको अभिनय रहेको भिडियोलाई मोडल तथा निर्देशक देवराज आचार्यले निर्देशन गरेका हुन् । हिम्मत चैँसिरको सम्पादन रहेको भिडियो युनिक मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।