मोडल सुनिताको अभिनयमा रहेको ``गिम्दी´´गित सार्वजनिक
जेठ १८, २०७९, बुधबार | विहान ०२:२७ बजे | 30
सदिच्छा बजगाई
ललितपुर ,
मोडल सुनिता वाइवाको अभिनयमा भर्खरै लोक दोहोरी “गिम्दी गाउँ” बोलको गीत सार्बजनिक भएको छ । कला क्षेत्रलाई निकै नजिकबाट नियाल्ने र यस क्षेत्री कै सम्वृद्धिको लागि संचार क्षेत्रमा क्रियासिल उनले यस अघि पनि केहि गीतहरुको म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । अशोक सिङतानको प्रस्तुतिमा सार्बजनिक भएको “गिम्दी गाउँ” बोलको गीतको म्युजिक भिडियोमा सुनिता संगै राज तामाङ्ग प्रकाश र सुनिता जिम्बाको पनि आकर्षक अभिनय देख्न सकिन्छ । मोडल राज पनि पछिल्लो समय निकै व्यस्त मध्य एक पर्दछन् ।
अशोक सिङतान र स्मृति गौतमको स्वरले सजिएको माथि उल्लेखित गीतलाई लय सरोज लामा र शब्द दिनेश सिङतानले तयार पारेका छन् । निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन मिलन बिक्रम शाहले गरेका छन्।
सुनिता राष्ट्रिय संगित कर्मी संघ ललितपुर मा आवद्ध छिन् ।मोडल सुनिताको अनुसार उनि द्वारा अभिनित अन्य गीतको म्युजिक भिडियो पनि सार्बजनिक हुने तयारीमा रहेका छन् ।