पशुपन्छीबाट कोरोना भाइरस नसर्ने


भदौ ४, २०७७, बिहीबार | विहान ०६:१६ बजे | 35


पशु सेवा विभागले जनावर र पशुपन्छीबाट कोरोना भाइरस सर्ने वैज्ञानिक आधार नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
विभागले सूचना जारी गर्दै ‘हालसम्म विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन लगायत अन्य अनुसन्धान निकायबाट समेत कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने वैज्ञानिक आधार नररहेको’ जनाएको हो ।
बरू कुखुराको मासु तथा अन्डाको नियमित सेवनबाट कोरोनाविरूद्ध रोग प्रतिरक्षा क्षमता अभिवृद्धि एवं संक्रमणबाट जोगाउन आवश्यक प्रोटिन तथा अन्य पोषकतत्व उपलब्ध हुने व्यहोरा समेत उपभोक्तामा सादर अनुरोध छ।’

Comments

ताजा खबर