मिस नेपाल –२०२२ का शीर्ष २४ प्रतिस्पर्धाी घोषित (नामावलीसहित)
जेठ १६, २०७९, सोमबार | विहान ०४:२७ बजे | 10
संगम लामा
काठमाडौं – मिस नेपाल –२०२२ का शीर्ष २४ प्रतिस्पर्धाी घोषित भएका छन । आयोजक द हिडन ट्रेजरले आइतबर राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिस्पर्धीहरुलाई स्यास बितरण गरेको छ । प्रतिस्पर्धाले कन्टेस्टेन्नट नम्बर पनि रोजेका छन ।
एक साताको ग्रुमिङ्का आधारमा आकृती शाह, गङ्ग गुरुङ, रोज कंडेल, सोफिया श्रेष्ठ, आश्रुति सुवेदी, आस्मिता ढंगाना, आश्रा श्रेष्ठ, आयुनोभा ढुंगाना, दिलाशा डोेटेल, आनुष्का पौडेल, ऐश्वर्या ठकुरी, आनुसुर्य डागी ममता ढकाल, मानषी चन्द, श्रतुल पौडेल, मेरिका बास्कोटा, न्यान्नसी खड्का, प्रियंकारानि जोशी, सरिशा श्रेष्ठ , स्मारिका शर्मा, श्रीया गजुरेल, श्रीयन्शु पिया, सुस्स मिता बोगटी , यशस्वी श्रेष्ठले अन्तिम यात्रा तय गर्न सफल भएका हुन।
आइतबार आयोजित सो कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेपाल सुप्रा नेसनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा , मिस अर्थ सुप्रिय श्रेष्ठले प्रतिस्पर्धाीहारुलाई स्यास बितरण गरेका थिए । मिस नेपालको अन्तिम प्रतिस्पर्धा आउने असार ४ गते हुनेछ ।