भक्तपुरमा थप १७ जना कोरोना संक्रमण


भदौ २, २०७७, मङ्गलबार | दिउँसो ०२:११ बजे | 5


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १३८ , ललितपुरमा ५०, भक्तपुरमा १७ जनामा संक्रमण भएको बताए।


आज थपिएका सँगै काठमाडौं उपत्यकामा २ हजार ५सय १४ संक्रमित संख्या पुगेको छ । काठमाडौंमा १ हजार २ सय १६ , ललितपुरमा ३ सय ३२ र भक्तपुरमा १ सय ६५ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

Comments