भक्तपुरमा १४ जनामा संक्रमण
भदौ १, २०७७, सोमबार | दिउँसो ०२:०३ बजे | 35
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १३९, ललितपुरमा १५, भक्तपुरमा १४ जनामा संक्रमण भएको बताए ।
आज थपिएका सँगै काठमाडौं उपत्यकामा २ हजार १ सय ३८ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १ हजार ७ सय ८, ललितपुरमा २ सय ८२ र भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।