६० वर्षीय पुरुषको मृत्यु
साउन ३२, २०७७, आइतबार | दिउँसो ०३:५८ बजे | 15
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारर्थ काठमाडौंका एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ। काठमाडौंका ती पुरुषको आइतबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।
काठमाडौंबासी उनलाई स्वास्थ्यमा समस्या भएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या रहेको जनस्वास्थ्य प्रमुख गेलालले बताए ।