भक्तपुरका ३८ वर्ष पुरुषमा कोरोना संक्रमण पुष्टि
साउन ३१, २०७७, शनिबार | दिउँसो ०३:२९ बजे | 20
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० बेखालमा ३८ वर्षका एक जना पुरुषमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक कोरोना भाइरस संक्रमित व्यक्तिको तथ्याङ्कमा भक्तपुर जिल्लाका ६ जना सङ्क्रमितमध्ये उनी पनि एक जना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल भक्तपुर नपा वडा नं १० को बेखाल क्षेत्रमा प्रहरीले सिल गरेको छ ।
[[img2]]
त्यस्तै शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ४ जना सुर्यबिनायक नगरपालिकाका विभिन्न वडाका नागरिक भएको कार्यालयले जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार सुर्यबिनायक नपा वडा नं १ का ३४ वर्षका महिला, वडा नं ४ का ६४ वर्षका पुरुष, वडा नं ९ का २८ वर्षका पुरुष र वडा नं २ का २५ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै मध्यपुर थिमि नपाका एक जना २७ वर्षका महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।शनिबार मध्यपुर थिमि नपाअन्तर्गत सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालका तीन जना नर्सिङ कर्मचारी र उक जना पार्किङ कर्मचारी सहित चार जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । अस्पताल प्रशासनले एक वक्तव्य जारी सो कुराको सार्वजनिक जानकारी दिएको छ । वक्तव्यमा अस्पताल अत्यावश्यक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको बताएको छ ।
त्यस्तै शनिबारको तथ्याङ्कअनुसार सुर्यबिनायक नपाको वडा नं १–४ का ५ जनामा कोभिड–१९ भएको बताइएको छ ।