शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक
बैशाख १८, २०७९, आइतबार | विहान ०८:१० बजे | 50
हर्षित छु आजजन्मदिनतिम्रो
इच्छा चाहना सब पूरा होस्
मनभरी उमंगउत्साह बढोस्
हर कोशिसले सफलताचुमोस्
अवरोधहरु सबशक्तिबनोस्
कर्मले परिवर्तन ल्याओस्
हर्षित छु आजजन्मदिनतिम्रो
इच्छा चाहना सब पूरा होस्
रेडियोकर्मी एवं गायकतथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामनागीत सार्वजनिकभएको छ । काठमाडौं भृकुटीमण्डपस्थित बुद्धविहारमावरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुखआतिथ्यमाउक्तगीत सार्वजनिकभएको हो ।
कार्यक्रममाबोल्नुहुँदै प्रमुखअतिथिवरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालभाषाको लोकप्रियगीतलाई विस्तार एवं ब्यापकतादिनअन्यभाषाहरुमापनिगीतनिर्माणको कार्यको प्रशंसा गर्नुहुँदै जन्मदिनको गीतको सफलताको लागिशुभकामनाब्यक्तगर्नुभयो ।
सभापतिभिक्षु कोण्डन्य महास्थविरले मैत्रीभावले भरिएको यस गीतको लोकार्पण कार्यक्रमआयोजनागर्न पाउँदाखुशीभएको उल्लेख गर्नुहुँदै आफ्नो जन्मदिनमा यस गीतकागायक, रचनाकार सुरजवीरका साथ समूहले प्रस्तुत गरेको नेपालभाषाको जन्मदिनको गीतले भावविभोर बनाएको स्मरण गर्नुहुँदै यहीगीतको अन्यभाषामा समेत निर्माण गर्ने कार्यलाई सहयोग गर्न तथालोकार्पणमा आफू एवं बुद्धविहार अग्रसर भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममाधर्मोदय सभाकामहासचिव सागरमानबज्राचार्यतथा पेजथ्रीपाक्षिकका सम्पादकदर्शनवीर शाक्यले गीतकाबारेमाचर्चा गर्नुभएको हो ।
स्वागतमन्तब्यकै क्रममागायकतथा रचनाकार सुरजवीर बज्राचार्यले नेपालभाषामानिर्मित “बुदिंयाभिंतुना म्ये (जन्मदिनको शुभकामनागीत) प्रति समाजले दिएको माया र प्रोत्साहन नै यो गीतअन्यभाषामापनिनिर्माण गर्दै जाने कर्मको उर्जा रहेको बताउनु भयो । एउटा गीतले पनि समाजमा राम्रो परिवर्तन ल्याउन सक्ने प्रतियहीगीतको नेपालभाषा भर्सजनले अनुभूति गराएकोप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँले लोकप्रियताकालागिभन्दा समाजकालागिगीतनिर्माण गर्दा लोकले स्वतःप्रियमा गणता गरेकोले उर्जा थपेको पनिबताउनुभयो ।
बुद्धविहारका प्रमुखभिक्षु कोण्डन्य महास्थविरको सभापतित्वमाभएको उक्त समारोहमा संगीत संयोजकजुगल डंगोल, चेज होम एप्लायन्सेजका सुरेश मल्ल, पेजथ्रीपाक्षिककादर्शनवीर शाक्य, गायकबज्राचार्यका बुबानामसंगिती गुरु तथा हिरण्यवर्ण महाविहारका आःजु चित्रवीर बज्राचार्य, धर्मोदय सभाकामहासचिव सागरमानबज्राचार्य, युवकबौद्ध समूह, काठमाडौंका अध्यक्षमदनबहादुर तुलाधर, बौद्ध महिला संघका उपाध्यक्षवीना कंसाकारको समेत अतिथिका रुपमाउपस्थिति रहेको हो । कार्यक्रममाधन्यवाद ज्ञापन भने विहारका सदस्य सानुबाबु साय्मिले गर्नुभएको हो ।
यस अघि गायकबज्राचार्यको मातृभाषा नेपालभाषामा सार्वजनिकभएको जन्मदिनको गीतले हालजन्मदिनमनाउँदाबजाउने, गाउने तथागीतबजाएर सगुनदिने नव संस्कृतिकै रुपमा समाजमा स्थानप्राप्त गरेको छ । यस गीतलाई अन्यविभिन्नभाषामानिर्माण गर्दै जाने उद्देश्यले यो गीतनिर्माण गरिएको हो ।
नेपालभाषामानिर्मित गीतको प्रतियोगिता नै आयोजनाभएको थियो जसमाविश्वभरबाट १२१ प्रतियोगीहरुले सहभागिताजनाएकाथिए ।
जहाँपाइलाटेक्छौ फूलफुलोस्
कामना मेरो अँध्यारो हटोस््
कुनै यात्रामा ठेस नलागोस्
रातमाचन्द साथ रहोस्
दुःखको वादल नछाओस्कहिल्यै
आँसु केवलखुशीमाझरोस्
पीडाले थिचिएकाजीवनको
सहारा तिमीबन्न सकोस् ।
हर्षित छु आजजन्मदिनतिम्रो
इच्छा चाहना सब पूरा होस्