भक्तपुरमा थप ९ जना कोरोना संक्रमित


साउन ३१, २०७७, शनिबार | दिउँसो १२:०२ बजे | 45


काठमाडौंः काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८० जना, भक्तपुरका ९ जना र ललितपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comments