श्यामसुन्दर भजनका लागि सहयोग जुट्न सुरु


साउन ३१, २०७७, शनिबार | विहान ११:४७ बजे | 0


भक्तपुर । भक्तपुरको नासमनास्थित ऐतिहासिक भजन घरको भित्री व्यवस्थापनका लागि चन्दा संकलनको काम सुरु भएको छ । पाँंच हजार भन्दा वढी चन्दा दिने चन्दादाताहरुको नाम व्यानरमा लेखेर बाहिर सार्वजनिक रुपमा पनि राख्न थालिएको छ ।
हालसम्म विभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भएको त्यहाँं उल्लेख गरिएको छ । हालसम्म काठमाडौं पेप्सीकोला निवासी श्रीमती राधिका श्रेष्ठबाट पाँंच हजार एक रुपैयाँं सहयोग गरेकी छिन् । साथै श्रीमती सावित्री केसीबाट पाँंच हजार एक, श्रीमती रजनी केसी मानन्धरबाट पाँंच हजार एक, श्रीमती विष्णुकुमारी रजाबाट पाँंच हजार एक रुपैयाँं सहयोग प्राप्त भएको छ । साथै तीर्थलाल मुलेपतिबाट १२ हजार र सजनी कार्कीबाट ६ हजार रुपैयाँं सहयोग प्राप्त भएको छ । सहयोग गर्नेहरु क्रमशः वढ्दै गइरहेको जनाइएको छ । साथै सहयोगका लागि पनि सवैसँंग अनुरोध गरिएको छ ।  
भक्तपुरको मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटनमा भजन घरको पुननिर्माण सम्पन्न गरिएको हो । हस्तान्तरण भने हुन बाँकी छ । हस्तान्तरण नहुँंदै पानी चुहिएको, भ¥याङ नलिलेको, भुईतल्लाको पसल कवलमा पसलेहरुले नियमवितपरित प्लाष्टर गरेकालगायतका कारण हस्तान्तरणमा ढिलाई भएको बताइएको छ ।  
स्थानीयका अनुसार २०७२ सालको महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुननिर्माण गर्न लगाएको हो ।
अहिले भजन घरको बाहिरी पुननिर्माणको काम सकिएको छ । भित्रतिर विजुलीको तार राख्ने, रंग लगाउने र भ¥याङ मिलाउन मात्रै बाँंकी छ । पुननिर्माणको क्रममा भ¥याङ गलत राखिएको छ । वुढाबुढी तथा ससाना केटाकेटी उक्लनै नसकिने गरी अग्लोअग्लो सिढीको काठको भ¥याङ राखिएको छ । प्रति भ¥याङको उचाई एक फिटको छ, जसमा युवा उमेकाहरु मात्रै उक्लन सक्ने अवस्थाको छ । सामान्यतया भ¥याङको उचाई आधा फिट अर्थात् ६ देखि सात इन्चको मात्रै हुने गर्दछ ।
लकडाउन अगाडि नै निर्माण सम्पन्न भएपनि भजन घरको हस्तान्तरण कार्य हुन सकेको छैन । मुख्य बजारमै पर्ने भजन घरको भुईतल्लामा पसल राख्नेहरुले प्लाष्टर गरी ऐतिहासिक सम्पदा विपरितको निर्माण कार्य गरेकाले हस्तान्तरणमा ढिलाई भएको हो ।

भजन घरको तल भुईतल्लामा दुई वटा पसल कवल भाडामा छ । ती दुई पसल धनीवालाले नियमविपरित पसलको भुई र भितामा आफूखुशी प्लाष्टर गरेका कारण निर्माण सम्पन्न भए पनि हस्तान्तरण कार्य ढिलाई भएको हो । ऐतिहासिक सम्पदाको पुननिर्माण गर्दा वालुवा र सिमेन्टको सता बज्रको प्रयोग गरी प्लाष्टर गर्नुपर्ने नियम छ । नियमविपरित प्लाष्टरको प्रयोग गरेकोले हस्तान्तरणमा ढिलाई भएको जनाइएको छ ।
[[img2]]
भजन घर पुननिर्माणको रेखदेखका लागि स्थानीयस्तरबाट गठित समितिका अध्यक्ष डा इन्दुल केसीले पुननिर्माण सम्पन्न भए पनि ऐतिहासिक भजन घरको पुननिर्माणमा सिमेन्टको प्रयोग हुनाका कारण भबन हस्तान्तरण हुन नसकेको जनाए । साथै हस्तान्तरण नहुँंदै वर्खामा सवैतिरबाट पानी चुहिएको पाइएकोले यो मर्मतसुधार नगरेसम्म हस्तान्तरण गरेर लिन नसकिने जनाए । साथसाथै भ¥याङ नयाँं फेरेर नराखेसम्म पनि यो भजन घर काम नलाग्ने उनले जनाए । नियमवितपरित तथा कमसल निर्माणको विषयमा सरोकारवालाहरुलाई बारम्वार जानकारी दिंदा पनि केही नभएको उनले जनाए ।
यो विक्रम संवत् १९९३ मा स्थापित भक्तपुरकै पुरानो भजन घर रहेको प्रमाण छ । यो श्याम सुन्दर रास भजन मण्डल र श्री भुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा छ । घर हस्तान्तरण नहुँंदा भजन गर्ने ठाउँं तथा त्यसभित्रका कृष्ण, राधा अनि रुक्मिनी देवताको मूर्ति भजन घर नजिकैको चोकमा अस्थायी टहरामा राखिएका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

Comments