भक्तपुरका तीन जना नर्सलाई कोरोना
साउन ३१, २०७७, शनिबार | विहान ०९:३१ बजे | 5
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री अस्प्तालका तीन जना नर्सहरुलाई कोरोना भएको छ । साथै अस्पतालमा पार्किगको व्यवस्थापन तथा भीडभाड नियन्त्रणका लागि खटिने एकजनालाई पनि कोरोना भएको छ । अस्पतालका चार कर्मचारीहरुलाई कोरोना लागेपछि अस्पताले इमर्जेन्सीबाहेकका सवै सेवा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको जनाएको छ । प्रेस विज्ञप्तिमार्फत अस्पतालले कोरोना भएका सवै अस्पतालले व्यवस्थापन गरेको ठाउँंमा रहेको जनाएको छ । सवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएको छ ।