सलमान खानको दशरथ रंगशालामा प्रस्तुति हुने
बैशाख ९, २०७९, शुक्रबार | विहान १०:३६ बजे | 5
काठमाडौं । बलिउड स्टार सलमान खानको जेष्ठ १४ गते दशरथ रंगशालामा हुने साङ्गितिक कार्यक्रममा १६ जना नेपाली कलाकार तथा संगितिक समूह पनि सहभागी हुने भएको छ ।
“दबङ टुर नेपाल–रिलोडेड“ नामको सो सङ्गीतिक कार्यक्रममा नेपाली कलाकारहरु शिवा परियार, सुवानी मोक्तान, सुनिता दुलाल, समीर श्रेष्ठ, प्रबेश कुमार श्रेष्ठ, सन्जु मोक्तान, तुना बेल थापा, त्रिसाला गुरुङ, शुशान्त केसी, स्वप्न सुमन सहभागी हुने आयोजक ओडीसी ईन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ्ले बताए ।
गुरुङको अनुसार नेपाली कलाकारहरुको प्रस्तुतिपछि खानले प्रस्तुति दिनेछ ।