मृत शरीरबाट कोभिड–१९ नसर्ने


साउन २९, २०७७, बिहीबार | दिउँसो ०३:५० बजे | 40


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ । शवले हाछ्यूँ नगर्ने र श्वास नफेर्ने भएकाले संक्रमण नसर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र संक्रमण सर्ने उनले बताए । अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ ।
परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए ।

Comments