राजद्रोही राजनेताको प्रदर्शन हुने
बैशाख ४, २०७९, आइतबार | विहान ०१:४७ बजे | 20
काठमाडौं । राजधानीमा ऐतिहासिक डकुमेन्ट्री राजद्रोही राजनेताको विशेष प्रदर्शनी हुने भएको छ । शुशील कोइराला मेमोरियल फाउण्डेशन र अन्वेषण न्यूजको सहकार्यमा तयार पारिएको उक्त ऐतिहासिक डकुमेन्ट्रीको वैशाख ६ गते मंगलबार साढे १० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौमा प्रदर्शन गरिने भएको हो । शुशील कोइराला मेमोरियल फाउण्डेशन एउटा स्वतन्त्र बैचारिक मञ्च हो ।