आज मिष्टर डीले मुलपानी हल्लाउने


बैशाख ३, २०७९, शनिबार | विहान ०३:२१ बजे | 45


आज मिष्टर डीले मुलपानी हल्लाउने

काठमाडौं । मुलपानी महोत्सबको क्रममा शनिबार यापर मिष्टर डीको प्रस्तुति रहने भएको छ । अघिल्लो शनिबार भने चर्चित द एक्स व्याण्डबाट लाइभ कर्सन भएको थियो । मुलपानीमा भइरहेको प्रथम मुलपानी महोत्सव २०७८।०७९ को क्रममा शनिबार चर्चित संगीतकार तथा गायक राजनराज शिवाकोटीलगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । साथै अन्य कलाकारहरु पनि आउने जनाइएको छ ।
मेलामा दैनिक स्थानीय तथा राष्टिय कलाकारहरुबाट साँंगितिक कार्यक्रमहरु भइरहेका छन् । पहिलो दिन पनि उदघाटन कार्यक्रमपछि साँंझ साँंगितिक कार्यृक्रम गरिएको थियो । कार्यक्रममा सयौं सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो ।  काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव भइरहेको छ । महोत्सव चैत २४ गते बिहीबारदेखि बैशाख ५ गतेसम्म चल्ने जनाइएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो ।

Comments