गोल्मढीमा पनि कोरोना


साउन २८, २०७७, बुधबार | दिउँसो ०१:१२ बजे | 10


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीमा बुधबार एक जना कोभिड–१९ संक्रमित फेला परेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभएको छ । ३३ वर्षकी स्थानीय गृहिणीको राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो । उनलाई घरमा आइसोलेसनमा बस्न र परिवारका सबै सदस्यलाई घरबाहिर नजान सूचना गरिसकेको प्रमुख मिजारले बताउनुभयो ।
त्यस्तै मध्यपुर नगरपालिका बहाखा बजारका तीन जना स्थानीयमा पनि नोबेल कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

Comments