कोरोनाबाट थप ४ जनाको मृत्यु
साउन २६, २०७७, सोमबार | दिउँसो १२:३८ बजे | 10
काठमाडौं । सोमबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए। २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन्। यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन पनि दिएको छ ।