पीसीआर भनेको औषधी होइन, शाक्य
साउन २४, २०७७, शनिबार | विहान ११:४४ बजे | 5
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको यो अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने बताउनु भएको छ ।
काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्तो बताउनु भएको हो । ‘मास्क लगाउनु आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो । यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ । हामी आफै सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न सकिँदैन ।’
हिजो कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ त्यो त्यहीं सुरक्षित बस्नहोला भनेर आग्रह गर्दा आफूहरूलाई उपत्यका भित्र छिर्न दिएन भनी आलोचना गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘त्यति बेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयो । पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयो। भित्र आए पछि कोरोना झन् फैलियो, मेयर शाक्यले भन्नुभयो, ‘सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । तर जुलुस निकाल्दैमा कोरोना भाग्ने त होइन । ढोकाढोकामा पुग्न सक्छ । जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।’
काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा वौद्द परियति शिक्षाका वािध्यार्थिलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण गराउनुभयो । मेयर शाक्यले काठमाडौं नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ)को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी पनि दिनुभयो । काठमाडौं महानगरपालिकाले उक्त विहारलाई वौद्द परियति शिक्षाकाका लाग पाँच लाख सहयोग गरेको थियो ।