साँंखु मेलामा जाँंदै हुनुहुन्छ ? होसियार कारबाहीमा पर्नुहोला नि !
काठमाडौं । के तपाई काठमाडौंको साँंखुमा लागिरहेको मेलामा पुगेर महिलाहरुले नुहाउँंदाको अर्धनग्न फोटो वा भिडियो खिच्ने योजनामा हुनुहुन्छ ? हो भने सचेत रहनुहोस् । किनकि यही कारण तपाई कारबाहीमा पनि पर्न सक्नुहुन्छ ।
जात्रा व्यवस्थापन समितिले नुहाउँंदा महिलाहरुको अर्धनग्न फोटो खिच्ने वा भिडियो खिच्नेमाथि कारवाही गर्ने भएको छ । त्यस्ता फोटो वा भिडियो खिचेर पछि भाइरल बनाउने गरेको भन्दै त्यस्तो फोटो तथा भिडियो खिच्न बन्देज लगाएको हो । ‘त्यस्ता फोटो अथवा भिडियो खिचेको हामीले भेटयौं भने त्यस्ता व्यक्तिको मोवाइल, क्यामेरा वा भिडियो क्यामेरा जफल गरिदिन्छौं’, श्री माधव नारायण स्वस्थानी ब्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले भने ।
पछिल्ला वर्षहरुमा मेलाको अवसरमा त्यहाँं अर्धनग्न अवस्थामा नुहाएका युवती तथा महिलाहरुको फोटो वा भिडियो खिचेर भाइरल बनाउन खोज्ने प्रबृति वढ्दो छ ।