कमलविनायक बौद्ध चैत्य अगाडि पूजा


माघ ३, २०७८, सोमबार | विहान १०:४६ बजे | 50


कमलविनायक बौद्ध चैत्य अगाडि पूजा

भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिका वडा नं १० कमल बिनायकमा रहेको बौद्ध चैत्य जिर्णोद्धारको लागि न्यास पुजा (जिर्णोद्धार पुजा) वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको आथिथ्यतामा सोमबार कमलबिनायक मन्दिर परिसरमा एक समारोहबीच बौद्ध चैत्य अगाडि पुजा सम्पन्न भयो ।
न्यास पुजा धर्म गुरु भिमरत्न बज्राचार्य र प्राध्यापक पुष्परत्न शाक्यले गर्नु भएको थियो । विधि तन्त्रबाट स्थापित एैतिहासिक बौद्ध चैत्यहरु जिर्णोद्धारको लागि भत्काउन चार दिन अगाडि उक्त पुजापाठ सम्पन्न गर्नुपर्ने मान्यता रहेको नेपाल परम्परा बौद्ध संघका अध्यक्ष श्री पुष्पराज शाक्यले बताउनुभयो । बौद्ध सम्पदाहरु जिर्णोद्धार गर्नको लागि न्यास पुजा गरेर मात्र जिर्णोद्धार गर्नुपर्ने कुरा बौद्ध सम्पदाविज्ञहरुले बताउनुभयो । उक्त बौद्ध चैत्य पहिला यातु चैत्य विहार रहेको अभिलेखहरु रहेको बताउनुभयो ।
उक्त बौद्ध चैत्य लगत इष्टिमेट ९०१३२२।५६ रुपैंयाँ रहेकोमा जिर्णोद्धारको लागि अनुगमन समिति गठन गरेको थियो । वडा सदस्य जितेन्द्र मुनांकर्मीको संयोजकत्वमा पाँच सदस्यी समितिमा सदस्यहरु तिर्थमान दुमरु, विकास राज बज्राचार्य, पद्म रत्न शाक्य, सुरेश ज्योति शाक्य रहेको अनुगमन समिति गठन गरेको थियो ।  उक्त ऐैतिहासिक बौद्ध चैत्य जिर्णोद्धार गर्न पुरातत्व विभागबाट आर्थिक सहयोग प्राप्त भएको र भक्तपुर नगरपालिकाको सहकार्यमा निर्माण कार्य हुनेछ ।

Comments

ताजा खबर