वैभव बहुउद्देश्यीय सहकारी संस्था संचालनमा
2022-01-16 10:47:10
मध्पुर थिमि । भक्तपुर जिल्लामा रहेका साना तथा मझौला व्यवसायीहरूसंग आर्थिक सहकार्य गर्न भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका –४ शंखधरचोकमा वैभव बहुउद्देश्यीय सहकारी संस्था आइतबारबाट संचालनमा आएको छ । भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरबाट उद्घाटन गरिएको सहकारी संस्थामा मिना अवालको व्यवस्थापन रहनेछ । परिणात्मक सदस्यहरूको अवधारणा सहित अध्यक्ष सुरज खिमु श्रेष्ठले संस्थाको नेतृत्व सम्हानु भएको छ । प्रमुख अतिथि एवं भ.उ.वा.संघका अध्यक्ष मानन्धरले सहकारी संस्था उद्योगी व्यवसायीको आर्थिक समस्या समाधान गर्न सहयोगीको भुमिका खेल्ने भएकोले संघ र सहकारीबीच आवश्यक सहकार्य गरी अघि बढ्नुपर्ने कुरा राख्नुभएको थियो ।
प्रतिक्रिया