सकियो भक्तपुर सिकर्मी संघको अधिवेशन, को भए नयाँं अध्यक्ष ?
पुष ३०, २०७८, शुक्रबार | विहान ०६:३३ बजे | 35
कुमार लघु
नवौ भक्तपुर सिकर्मी संघको वार्षिक साधारण सभा तथा अधिवेशनमा सकिएको छ । “सम्पूर्ण सिकर्मी एक होऔ. भन्ने नाराका साथ अधिवेशन सकिएको हो ।
नवौ वार्षिक साधारणसभा तथा अधिवेशको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टिको भातृ संगठन मजदुर संघको केन्द्रीय सदस्य राजकृष्ण गोराले प्रमुख अतिथिको आसण ग्रहण गरेका थिए ।, कार्यक्रम सिकर्मी संघको अघ्यक्ष विक्रम ढुकुछुले सभापतित्वमा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोराले नयाँ प्रबिधिमा ध्यान दिएर सामानहरू उत्पादन गर्नपर्ने समयले माग गरेको बताए । सभाका सभापति विक्रम ढुकुछुले गुणस्तरयुक्त सामानहरू वनाउने र त्यस्को मूल्य परेको मोल लिन अनुरोध गर्नुभयो । आगलागी र विरामी परेका भक्तपुर सिकर्मी संघका सदस्यहरूलाई संघले छलफल गरी आर्थिक सहयोग गरेको जानकारी दिलाउनुभयो । सभामा आफना विचारहरू बिष्णुभक्त कुसी, उपाध्यक्ष रामसुन्दर सुवाल र उद्धोषण पुन्यराम न्हुछेँले गर्नुभएको हो ।
अधिवेशनले सभापति विक्रम ढुकुछुको नेतृत्वमा १३ जनाको कार्यसमिति चयन गरेको छ । वार्षिक साधारण सभालाई मध्यनजर राखेर वुलेटिन निकालेर आफ्ना गतिविधीहरूलाई पनि प्रकाशन गरेको छ ।