बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भउवा संघमा
पुष २७, २०७८, मङ्गलबार | दिउँसो ०२:२० बजे | 30
भक्तपुर । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय रजनी अमात्य जोन्छेलाई भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष् शिवप्रसाद मानन्धरले संघ सचिवालयमा स्वागत गर्नुभयो । सो अवसरमा राज्यमन्त्री जोन्छेले भक्तपुरकोे उद्योग वाणिज्य क्षेत्रको विकास तथा प्रबद्र्धनमा सक्दो टेवा पु¥याउने विश्वास दिलाउनुभयो । प्रदेश सरकारकोतर्फबाट यहाँको उद्योग वाणिज्य क्षेत्रको विकास गर्न आवश्यक कार्यक्रम ल्याउन आफू कटिबद्ध रहेको र संघले पनि उपयुक्त कार्यक्रमहरुको प्रस्ताव गर्न सुझाव दिनुभयो । उद्योग व्यवसायको समस्या हल गर्न आफ्नोतर्फबाट कुनै कसर नछोडिने कुरा पनि वहाँले बताउनुभयो ।
सोही अवसरमा संघका अध्यक्ष मानन्धरले राज्यमन्त्री जोन्छेलाई स्वागत गर्दै भक्तपुर जिल्लाको स्थानीय उत्पादन, हस्तकला र पर्यटन उद्योगको विकास एवं प्रवद्र्धनका लागि प्रदेश सरकारबाट उपयुक्त कार्यक्रमहरु ल्याउन तथा स्वरोजगार, महिला सशक्तिकरण तथा आर्थिक गतिविधिहरुको क्षेत्रमा यथोचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । वहाँले भक्तपुर जिल्लामा भएको हस्तकलाको उत्पादन तथा व्यापार प्रबद्र्धनका लागि ठोस कार्यक्रमहरु ल्याउन आवश्यक पहलका लागि अनुरोध पनि गर्नुभयो ।
उक्त अवसरमा संघका साधारण सदस्यतर्फका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, बस्तुगत तर्फका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, एसोशियटतर्फ उपाध्यक्ष गणेशहरि प्रजापति तथा महासचि दिनेश गोसाईले पनि राज्यमन्त्री जोन्छेलाई स्वागत गर्दै वहाँको कार्यकालको सफलताको कामना गर्नुभयो र जिल्लाको समग्र आर्थिक विकासमा उद्योग वाणिज्य क्षेत्रको महत्वकाबारेमा आ–आफ्नो बिचार राख्नुभएको थियो ।