मोटरसाइकल मर्मत तालिम सन्चालन


पुष २६, २०७८, सोमबार | विहान १०:३७ बजे | 15


मोटरसाइकल मर्मत तालिम सन्चालन

डम्वर थापा
रामेछाप । चाइल्ड एड नेटवोर्क जर्मनीको आर्थिक सहयोग, सामुदायिक बिकास समाज मन्थलीको आयोजनामा रामेछापको उमाकुन्ड गाउँपालिकाको सहकार्य र स्किल नेपालको प्राविधिक सहयोगमा ३९० घन्टे  सीपमुलक मोटरसाइकल मर्मत तालिम सन्चालन गरियको छ । उक्त तालिममा जिल्लाको उमाकुन्ड  गाउँपालिकाको ७ वटै वडाका जम्मा २० जना युवाहरुले  सहभागिता जनाएका छन्  । तालिम उदघाटन क्रममा  प्रमुख अतिथि उमाकुन्ड  गाउँपालिका २ न वडाका वडा अध्यक्ष खम्बधोज बस्नेतले सहभागिताको लागि हार्दिक धन्यवादका साथै तालिम मा अनुशासित भै सीप सिक्न सुझाब दिएका छन्  । साथै उक्त कार्यक्रममा सामुदायिक बिकास समाज  मन्थलीका फिल्ड  सम्योजक छिरीङ शेर्पा लामाले तालिमको विस्तृत जानकारी  गराएका थिए ।

Comments