डा. इवामुरा मेमोरियल अस्पताल र लायन्स क्लबस् इन्टरनेसशनल, डिस्ट्रिक ३२५ ए र बिच स्वास्थ्य सम्झौता
साउन १६, २०७७, शुक्रबार | विहान ०३:५० बजे | 25
भक्तपुर । २०७७ साउन १५ गते विहिवार डा. इवामुरा मेमोरियल अस्पताल र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २ का विच स्वास्थ्य सम्झौता भएको छ ।
यसमा लायन्स क्बका तर्फबाट डिस्ट्रिक गर्भनर लायन डा. शुशिला मल्ल पास्ट डिस्ट्रिक गर्भनर लायन के.पि. अवाल चिफ हेल्थ कोडिनेटर लायन विष्णु भक्त मारिखु र अन्य लायन्स मान्यजनहरुको उपस्थिति थियो । इवामुरा अस्पतालको तर्फबाट सहायक व्यवस्थापक निश्चल दिवाकर र बजार व्यवस्थापक जीवन मारिखुको उपस्थित भएका थिए ।
लायन्स क्लबस् इन्टरनेशनल एउटा सेवामुलक संस्था हो जसले धेरै उदाहरणीय कार्यहरु गरिहेका छन् । यस डिस्ट्रिक ३२५ ए २ अन्र्तगत २ सय बटा क्लबहरु छन् । जसमा ५ हजार भन्दा बढी सदस्यहरु रहेका छन् । यस लायन्स क्लबहरुको मुख्य उद्देश्य नै समाजसेवाका कार्यहरु गर्न, नेतृत्व विकास गर्ने तथा विश्व शान्तिका लागि अघि बढ्ने भन्ने कुरा डिस्ट्रिक गर्भनर लायन डा.शुशिला मल्लले जोड दिनुभयो ।
लायन्सका साथीहरु आफै अरुको सेवामा निरन्तर लाग्ने हुनाले उनीहरुको स्वास्थ्यको लागि इवामुरा अस्पतालले सहुलियतमा यो सम्झौता गरिएको सहायक व्यवस्थापक निश्चल दिवाकरले जानकारी गराउनुभयो ।
यस सम्झौतामा लायन्स क्लबका सदस्यका साथै उनका परिवारलाई पनि स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले बताए । यो सेवा सुविधा भोली देखी नै लागु हुने गरी कार्य भइरहेको पनि उनले जानकारी गराउनुभयो ।
साथै इवामुरा अस्पतालमा साउन महिनाका लागि हरियो चुरा प्याकेजको व्यवस्था ल्याएको मारिखुले बताए । यसमा नारीहरुले स्त्रीरोग विशेषज्ञद्धार जाँचमा ५० प्रतिशत छुट पाउने उहाँले बताउनुभयो ।