किसान साकोसको २१ औं बार्षिक साधारण सभा सम्पन्न
पुष २५, २०७८, आइतबार | विहान १०:०६ बजे | 40
मध्यपुर थिमि । किसान बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिको २१ औं बार्षिक साधारणसभा पुस २४ गते शनिवार सम्पन्न छ ।
सभाको उद्घाटन गर्दै प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णलाल भँडेलले प्रत्येक सहकारी संस्थाले आफ्नो समुदाय र समाजभित्र छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै अधिकतम रूपमा पुँजी परिचालन गरि उत्पादनशील, ब्यवसायिक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
सभामा संस्थाका अध्यक्ष नरेश श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले आव २०७६÷७७ को अन्तसम्ममा १ हजार ९ सय १० जना शेयर सदस्यहरूबाट १ करोड ८१ लाख ७९ हजार ३ सय रूपैयाँ शेयर रकम संकलन गरेको भन्दै विभिन्न शिर्षकका बचत खाताबाट १२ करोड ६८ लाख ३३ हजार ७ सय ९७ रूपैयाँ बचत संकलन गरेर १२ करोड ४६ लाख ८८ हजार ६ सय ६१ रूपैयाँ ऋण समेत लगानी गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले संस्थाले सोही अवधिमा ६ लाख १७ हजार ८ सय ४७ रुपैयाँ सञ्चालन नाफा गरेको समेत जानकारी दिनुभएको थियो ।
सभामा उत्कृष्ट कर्मचारी उपेन्द्र श्रेष्ठ, उत्कृष्ट बचतकर्ता शोभा श्रेष्ठ, उत्कृष्ट ऋणी प्रेमसुन्दरी श्रेष्ठ, उत्कष्ट शेयरकर्ता श्यामसुन्दर श्रेष्ठ र लखपति बचत खाता योजनाका सदस्यहरूलाई समेत विशेष सम्मान गर्नु भएको सो अवसरमा बालप्रेमी माविका तुल्सी श्रेष्ठ, कृष्ण कपाली र रूबिना प्रजापतिलाई छात्रवृत्ति समेत प्रदान गर्नु भएको थियो भने संस्थाका २० जना बाल बचतकर्तालाई समेत उपहार प्रदान गरेको भएको थियो ।