भक्तपुर बौद्ध संघले मनायो स्वर्ण जयन्ती


2022-01-09 05:22:59

News Image

भक्तपुर । बौद्ध संघ भक्तपुरले संघ स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भक्तपुरको कुथुबही (मिनिबस पार्क) मा भव्यरुपमा मनाएको हो ।
बौद्ध संघ भक्तपुरमा स्थापना गरेको २५ बर्ष पुगेको उपलक्ष्यमा बुद्ध शिक्षामा युवा सहभागिता आजको आवश्यकता   भने नारा सहित एकदिने कार्यशाला गोष्ठी पनि गरेको थियो । कार्यक्रम बौद्ध संघ भक्तपुरका अध्यक्ष्य त्रिरत्न शाक्यको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा श्रद्धय भन्ते निग्रोध महास्थविर, डां. त्रिरत्न मानन्धर, डा. केशवमान शाक्य र टि.बि. पुनमगरको उपस्थिति रहेको थियो । स्वर्ण जयन्तीको उपलक्ष्यमा पहिलो पटक भक्तपुर बौद्ध संघमा बौद्ध महिला संघ पनि गठन गरिएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *