शनिबारको सहरको कथा ः नेवाः ईट्टा उध्योगको कथा


पुष २४, २०७८, शनिबार | विहान ०२:४३ बजे | 55


शनिबारको सहरको कथा ः नेवाः ईट्टा उध्योगको कथा

कुमार लघु
नेवाः ईट्टा उध्योगको स्थापना पाटन ललितपुर वुङमतिमा केही वर्ष अघिदेखि संचालनमा आएको हो । घर, महल, मल, रेष्टुरेन्ट, होटेल, कलेज, विश्वविद्यालय वनाउन उद्योग खोलिएको हो । प्रतिष्ठित बिकास व्यान्जुले यसको ईट्टाकोवारेमा जानकारी दिनुभएको छ ।
उहाँ यो नेवा ईट्टा उध्योगमा ६ वर्षदेखि निरन्तर लागिरहनु भएको व्यापारी वर्गमा गनिएको सालिन व्यक्तित्वका धनी हुनुहुन्छ । ईट्टाको मोल प्रति हजार रू १६,००० छ । यो भाडासहित हो ।
यो चिम्नी ईट्टा भत्ता ललितपुरको वडा नं २२ मा पर्छ ।  अहिले वर्षमा ४०–५० लाख वर्षको अन्तमा उत्पादन हुने अनुमान गर्नुभएको छ । नेवा ईट्टा धेरै नेवार र नेपाली भाषीहरूले मन पराएका छन् । त्यो नेवाः ईट्टा भत्तामा ५००–६०० जनालाई रोजगारको वन्दोवस्त भएको छ भनेर भन्नुहुन्छ उहाँ । सो चिम्नी भत्तामा पाटर्नसिपले चलाएको हो । चिम्नी भत्तामा काम गर्ने कामदारको बालवच्चाहरूलाई  बाल विकास केन्द्र खोलेर खानेपिउने, शिक्षादीक्षा गराउने काम पनि व्यवस्थित रूपमा संचालन गरिरहेको उध्योग संचालक बिकास व्याजुले बताउनुभएको छ । नेवाः ईट्टा बलियो गुणस्तरयुक्त रहेको पनि उहाँले भेटघाटमा जानकारी दिनुभएको छ । सबै मैले यस्तो हेर्दा पनि समयसमयमा कहिकतै व्यापार मेलामा प्रदर्शनमा राखेको पाएको छु ।
नेपालमा नेवा ईट्टा प्रसिद ख्याती पाएको गुणस्तरयुक्त ईट्टा नेवा ईट्टा हो । कुनै कसैलाई घर, महल, मिन मार्ट, कलेज, विश्र्वविध्यालय, होटेल, बाटोमा ईट्टा बिछाउन, काठमाण्डुको बालाजुका,पाटन र भक्तपुरमा अत्यधिक प्रयोगमा आएको नेवा ईट्टा हो । बिभिन्न अवसरहरूमा प्रदर्शनमा गएर धेरैले माग र उपयोग गरेको ईट्टा नै नेवाः ईट्टा हो । चिम्नी ईट्टा भत्ता दर्ता भएको लाइशेन्स प्राप्त उद्योग हो । बाल विकास समाज र नेवा ईट्टा उद्योग मिलेर नै बाल विकास केन्द्र संचालन गरी प्राथमिक शिक्षा आवश्यक पोषणहरू प्रदान गर्दै आएको कुरो सराहनिय र तारिफ गर्नै परेको छ । यो कुरो समाजसेवी र उध्योगी बिकास व्यान्जुले जानकारी दिएको हो ।
समय समयमा वातावरण अफिस, श्रम विभाग, वडा कार्यालयबाट वातावरण पदूषण निस्केको छ कि भनेर निरिक्षण आइरहन्छन । उहाँहरूले सकेसम्म चिम्नी भत्तावाट प्रदुषण ननिस्कोस् भनेर वैज्ञानिक तवरले मेशिनहरू राखेर न्यून मात्र वातवरणमा असर परेको बताउनुभयो ।
उहाँको जन्म भक्तपुरको व्यासी टोल वडा नं २ मा भएको हो । कर्मथलो हाल भक्तपुर र ललितपुरलाई वनाउनु भएको छ । उहाँको बुबा जगतबहादुर व्यान्जु र माता मनबेटी व्यान्जुको कोखवाट मिति २०२८÷११÷०२ गते जन्मनुभएको हो । उहाँको दुई दिदी र दुई भाई, दुई छोरा बुहारी, बुबा र श्रीमती रहेको जानकारी गराएको छ । उहाँ सबैसित मिलनसार ,माया गर्ने स्वभाबको व्यवसाय क्षेत्रमा धेरै वर्ष बिताई सकेको व्यक्तित्व हुनुहुन्छ । उहाँले सहकारी क्षेत्रमा विशेष योगदान गरेको व्यक्तित्व हो । मानिसहरू वस्नलाई आबास वनाउन चाहिने ईट्टा चाहिएमा बलियो गुणस्तरयुक्त ईट्टाको लागि नेवा ईट्टामा सम्पर्क राखेर फाइदा लिन्दा राम्रै  होला । आम उपभोक्ताहरूले समयमै सामान बलियो लिनुहुन मौकामा चौका दौऊ लिऊ । नेवा ईट्टा नै प्रयोग गर्नुहुन भनेर भन्नुभयो । व्यवसाय गर्न गाह्रो छ । लगानी आजकल निकै चाहियो । कोइला, भाडा, धेरै महँगो, पठृेरीहरू पाउन गाह्रो । वातावरण पनि मिलाउन गाहो । पानी पर्ने, पानी परेर ईट्टा बिग्रीने, हप्ता दिन कठिनाई, हावा पानीले पनि काँचो ईट्टा धलेर  पठेरीको नोक्सान नै । चिम्नी ईट्टा भत्ताहरूको नोक्सान हो यो ।  एकदिन पानी परेमा हप्ता दिनसम्म कारीन्दाले काम ठप्प पार्नुपर्ने हुन्छ । आजको जमाना थोरै पूजीले कुनै व्यवसाय चलाउन अप्यारो स्थिति छ भनेर भन्नुभयो । मजदुरहरू पाउन गाह्रो भैसक्यो । मेशिन प्रयोग गर्नुपर्ने स्थिति आइरहेको छ । जब सामान, ज्याला ,कोइला र व्याज बढेपछि वस्तुको मोल महँगो हुनु स्वभाविक रूपले महँगो हुन्छ ।


Comments