खुर्काेट महोत्सवमा धमाका मचाउँंदै कलाकारहरु, पौष २३ गते ज्योति मगर पुग्ने


पुष २१, २०७८, बुधबार | विहान १०:०५ बजे | 25


खुर्काेट महोत्सवमा धमाका मचाउँंदै कलाकारहरु, पौष २३ गते ज्योति मगर पुग्ने

काठमाडौँ । “खुर्कोटको दिगो विकास, अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योेगको पुर्वधार” भन्ने मुल नाराको साथ शुरु भएको खुर्कोट महोत्सवले पाँच दिन पूरा गरेको छ । सगुन इभेन्ट् म्यानेजमेन्ट् प्रा. लि. का अध्यक्ष संगम लामाका अनुसार पौष २१ गते बुधबार गुल्मी गाइजको हरि कर्मचार्य, गायिका सरु गौतम, कमेडी तथा गायक राजनराज चौलागाई साथमा प्रत्यक्ष दोहोरी गीतको प्रतिस्पर्दा हुने छन् ।
पौष १६ गते देखि २५ गतेसम्म बिहाना ११ बजेदेखि साँझ ६ः३० सम्म निरन्तर कार्यक्रम संचालन भइरहेको छ ।
व्यवसायिक रुपमा शुरु भएको यो महोत्सवले स्थानीय जनताको आर्थिक रुपमा केही सहयोग हुने र राष्ट्रियस्तरमा पनि थलिएर बसेको बन्द व्यापारमा थप टेवा दिन आयोजक पक्षको दावी रहेको छ । हुन त यस प्रकारका महोत्सवहरु कमै हुने गर्छन् । नेपालमा कोरोना पछि यो नै सायद पहिलो महोत्सव हुनुपर्छ ।
सगुन इभेन्ट् म्यानेजमेन्ट् प्रा. लि. का अध्यक्ष संगम लामाले २२ गते देखि २५ गतेसम्म प्रस्तुति प्रस्तुत गर्ने कलाकारहरुको नामावली पठाएको छ ।
पौष २२ गते गायिका एलिना चौहान, गायक रमेश श्रेष्ठ (मेलोडी), लाइभ दोहोरी , साथमा आकार्ष नृत्यहरु हुनेछन् र पौष २३ गते गायिका ज्योति मगर, गायक सुवास महत, गायिका सविना दाहाल, आदिको प्रस्तुती रहने छन् । पौष २४ गते शनिवार गायक दुर्गेश थापा, राजनराज चौलागाई सुवास महत आदिको रहने छन् भने पौष २५ गते आइतबार मिस्टर डीको ¥याप गीत प्रस्तुत हुनेछन् । साथमा
गायिका रेश्मा बम्जन, बिजय थोकर, आदिको बजोड प्रस्तुत हुने कार्यतालिका आयोजकले सार्वजनिक गरेका छन् ।

Comments