ब्रम्हायणीको देगइना स्टोरमा म्याद नाघेका सामान भेटियो


2022-01-04 12:08:06

News Image

भक्तुपर । भक्तपुर नगरपालिका अनुगमन समितिले मंगलबार नगरका तीनवटा मिनिमार्टहरुको अनुगमन गरी म्याद नाघेका सामानहरु नष्ट गरिदिएको छ । अनुगमन समितिका सदस्य सचिव दिलिपकुमार सुवालको नेतृत्वमा खाद्य पसल र मिनिमार्ट तीन वटा अनुगमन गरी यस्ता सामानहरु नष्ट गरिदिएको हो ।
अनुगमनमा ब्रम्हायणीमा रहेको देगइना स्टोर नविकरण गर्नुपर्ने, म्याद नाघेको सामानहरु मिक्स अचार ६ पाकेट जफत गरी नष्ट गरियो । तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । त्यस्तै च्याम्हासिंहमा रहेको नमस्ते किराना स्टोर मिनिमार्ट अपग्रेड गरी दर्ता नविकरण गर्नुपर्ने, म्याद नाघेको सामानहरु फ्रुट केक १ पाकेट, ड्राइमिट पचास ग्रामको ३ पाकेट र पाच सय ग्रामको १ पाकेट, गुडपाक १ बट्टा, बटर बुन बिस्कुट ३ पाकेट, कोको क्रन्च ३ पाकेट, गुगली बिस्कुट १ पाकेट, ग्रिन चिल्ली पिकल अचार १ बट्टा, कुल कोको १ वटा, विजिम पेष्टा १ पाकेट, खजुरी कुकिज् २ पाकेट, पिनट्स खजुरी २ पाकेट, पार्ली जि विस्कुट १३ पाकेट, विटा मारि विस्कुट ५ पाकेट जफत गरी नष्ट गरियो । उक्त पसलमा जीत तेलको हातले लेखेको लेबलिग भएकोले त्यस्तो बेचविखन नगर्न र प्रिन्टेड लेबल राख्न, पाकेजिग सामानहरु गेडागुडी, दाल लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिग सामानमा लेभल राख्न निर्देशन दिएको छ । तराजु नापतौल विभागमा नविकरण गर्न, स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।
त्यस्तै नाइन स्टार शपिग सेन्टरमा मिनिमार्टमा अपग्रेड गर्नुपर्ने, पाकेजिग सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र लिई मात्र पाकेजिग सामानमा लेभल राख्न निर्देशन दिएको र म्याद नाघेको र विग्रेको सामानहरु खजुरी विस्कुट १२ पाकेट, रसगुला २ बट्टा, भुजिया १ पाकेट खाप्सा मिन्कि १ पाकेट जफत गरि नष्ट गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।  अनुगमनमा वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, जिल्ला प्रशासन कार्यालय भक्तपुरका सुमन पोखरेल, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक निशा थापाको सहभागी थिए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *