गायिका रिमाल र गायक खनालको 'तिमी पुग्योउ धेरै टाढा' सार्वजनिक
पुष १९, २०७८, सोमबार | विहान ०२:४२ बजे | 75
लोकप्रिय गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत 'तिमी पुग्योउ धेरै टाढा' सार्वजनिक भएको छ । यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । ” तिमी पुग्योउ धेरै टाढा ” गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।
गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत ” बुढा सुब्बा डिजिटल” युटुब च्यानलबाट सार्वजनिक भएको छ ।