मौसम बेइमानी गीतको लोकार्पण
पुष १७, २०७८, शनिबार | दिउँसो ०२:४८ बजे | 5
काठमाडौं । मौसम बेइमानी गीतको एक कार्यक्रम बिच लोकार्पण भएको छ । गीतमा आवाज गायक कपिल कसपाल को रहेको छ भने चर्चित गायिका देबिका बन्दनाले साथ दिनु भएको छ । शब्द संचारकर्मी तथा गीतकार प्रतिमा श्रेष्ठ को रहेको छ भने गीत लाई सङीत निल शाक्य ले दिनु भएको छ । गीत स्टुडियो साउन्ड मिलमा रेकर्ड भएको हो भने मिक्सिङ, मास्टरिङ, रेकर्डिङ महेस्वर मान राजभण्डारीले गर्नु भएको हो ।
रागरागिनी इन्टरटेन्मेन्ट प्रा।लि। को प्रस्तुति तथा ज्योती म्युजिक को सहकार्य मा निर्माण भएको गीत मा निर्माता राम गोपाल श्रेष्ठ रहेका छन भने निर्देशन गरेका छन बिश्वास बज्राचार्यले गीतमा चर्चित मोडेल सुधिर श्रेष्ठ तथा बिना राउत को अभिनय तथा उत्कृष्ट नृत्य रहेको छ । गीत लाई निशिला शाक्य ले कोरियोग्राफी गर्नु भएको छ जो अहिलेको चर्चित डान्स रियालिटी शो डान्सिङ स्टार कि पनि कोरियोग्राफर हुनुहुन्छ ।
मौसम बेइमानी का अडियो र भिडियो सङ सम्बद्ध सम्पुर्ण को उपस्थिति मा भएको कार्यक्रममा मौसम बेइमानी लेखिएको केक काटिएको थियोे भने सङै आज परेको अङ्ग्रेजी नयाँ बर्ष को पुर्ब सन्ध्यामा पनि सेलेब्रेसन गरिएको थियो । सेलेब्रेसन पछी उपस्थित सम्पुर्णले आआफ्नोमा मौसम बेइमानी गीत बनाएर पोस्ट गरेका थिए ।
गीत निकै राम्रो बनेको र धेरै अपेक्षा राखेको गीत हो यो र कपिल कसपाल भाइले पनि निकै राम्रो गाउनु भएको छ र भिडियो मा सुधिर र बिना राउतको निकै जमेको छ । धेरै पनि नाच्ने गाउने गीत मेरो आएको छ । मलाई बिश्वास छ सम्पुर्ण श्रोता तथा दर्शकले मन पराइदिनु हुनेछ गायिका देबिका बन्दना ले भन्नू भयो । त्यस्तै रागरागिनी का सि इ ओ तथा गायक कपिल कसपाल ले कार्यक्रममा सबै लाई केक काटेर खुवाएका थिए अनि गीत राम्रो भएको ले पक्कै पनि सबैले मन पराउने मा बिश्वस्त रहेको र सबैले मौसम बेइमानी गीतमा बनाएर गीत लाई प्रोमोसन गरिदिनुहुन अनुरोध गर्नु भएको छ ।