कुमार लघु
भक्तपुरमा २०,२२ वर्ष अगाडिदेखि फलफूल बेचेर पसल चलाउदै आउनु भएका सुष्मा धलानको कथाव्यथाका दिन यसरी अगाडि बढेको छ । गर्मी जाडो भन पाउनु हुँंदैन । यदि सोखिनमा वस्न खोज्ने हो भने त व्यापार व्यवसाय डुबिहाल्छ । आजभन्दा २०,२२ वर्ष अगाडिदेखि फलफूल बेच्न बसेको दिदीबहिनीको दिनचर्याको लेखापढी कितान गर्ने हो भने हेर्दाखेरी सुखसयलमा वसेर फलफूलको पसल राखेर दुईचार पैसा कमाएको देखिन्छ । तर दिदीबहिनीको जवानी ढल्दै गरेको पतै पाउनुभएको छैन । हाँसीखुसी घुम्नपर्ने वेलामा वालबच्चा बचाउन, ,हुर्काउन र परिवारको जीवन गुजार्न आफ्नो सुखसयल र मनको कुरा मनैमा राखेर अरूले रमाइलो मानीमानी घुम्न सुन्तला, स्याउ, बदाम, केरा, मेवा र लिची वेच्दाबेच्दै छोराछोरी हुर्कन पाएकोले फलफूलको कमाई पनि मिठो लागेको छ ।
सुष्षमा धलानले फलफूल वेचेर एक जमानामा घर वनाउन जग्गा किनु भयो । जग्गा किन्न केही कमाई राम्रो भएकोले मेरो मनले फलफूलले नै रोजगार र परिवारको नजिक रहेर जीवन बिताउन पाएकोले ठिकै छ जस्तो लागिरहेको छ उनलाई । उहाँले फेरी ०७२ सालपछि घर वनाउने खर्च फलफूल र परिवारले सानोतिनो व्यापार व्यवसाय गरी घर ठडाउने आँटिलो शक्ति सञ्चय गरेको कुरा सुनाउनुभयो । उहाँको साथमा एकछोरी, छोरा र श्रीमानको सुखी परिवारमा जीवन सुखसयलले वितेको बताउनुहुन्छ ।
सुष्षमा धलानले भक्तपुरको विभिन्न ठाउँमा २२ वर्ष बिताएको कुरा बताउनुभयो । त्यसमध्ये १५ वर्ष त भक्तपुरको व्यासी टोलमा मात्र पसल थपेर बितेको पाउनुभयो । खाना कहिले छोरीछोरी र श्रीमान्ले ल्याउनुहुन्छ भनुभयो । कहिले एककप चिया र डुनटमा दिन वित्छ उहाँंको ।  उहाँको श्रीमान् पनि मेहनती र परिश्रम गर्नुहुन्छ ।  श्रीमान्ले पनि चाँडवाडमा फलफूल वेच्न सहयोग गर्ने गर्नुहुन्छ । वेलामौकामा सपरिवार नै लागेर आफूसित भएको सरसामानहरू विभिन्न चोकमा लगेर दैनिक व्यापार गरेको दुखेसो पोख्नुभयो । कहिलेकाही शनिवारमा मनलाई सितलता दिन चर्चमा जाने पनि काम गर्नुहुन्छ उहाँंहरु । चर्चमा पैसा लिन्छ भन्दा होइन के तपाईहरू पनि मंन्दिर जादा पैसा दिन्छ कि क्या हो भनेर सोध्नुहुन्थो । होइन मनलाई आत्मा सन्तोष लिनलाई हो । हाम्रो पनि त त्यसै हो भनेर भनुभयो । बाहिर पेटीमा र पसल कवल लिई वस्दा कस्तो फरक पाउनुभयो भन्दा उहाँले पसलमा र बाहिर पेटीमा फरक त भैहाल्छ भनुभयो ।
सिजन अनुसार उहाँले फलफूलको व्यापार गर्दै आउनु भएको २२ वर्ष भयो । घाटा हुने वेलामा व्यापार छोडुछाडु लाग्छ हजुर । अलि नाफा भएमा किन छोड्ने फेरि व्यापार गरिरहु जस्तो लाग्छ उहाँंलाई । उहाँको श्रीमान् वुध्दराज पाख्रिन हो ।
भक्तपुरमा २३ वर्ष जीवन बित्यो उहाँंको । यो सुन्तला र स्याउ वेचेर दुःख र सुख कहिले लागेन् । आज व्यापार भएको पैसा भोलि फेरि लगानी गर्नु नै व्यापारमा पूँजी बढेको हो । ट्क्याटरमा सामान बेच्न मज्जा आउँछ । नगर पालिकाले कर लिन्छ उहाँं भन्नुहुन्छ ।
अहिले पसल बाहालमा लिएर लफफूल बेच्दै जीवन गुजारा गरिरहेएको छु । पसलको बाहाल तीन हजार छ । व्यापारव्यवसायमा लाग्दा विरालोले मुसालाई कुरेर वसेको जस्तो कुर्नुपर्छ । के गर्ने गरौ त भोकेकले जिउ सुकिजाला भने पिरछ । खाउ भने दिनभरीको सिकार, नखाउ भने भोकै वास भए हुने हो कि जस्तो लाग्छ । कुनैवेला त गर्मीमा सरसामान कुहिएर बबाल मचिन्छ । अहिले केही घरायसी रक्सी बनाउन केही कुहिन लागेको फलफूल राखेर रक्सी वनाउनेहरूले लष्गिदिएर पनि राहत मिलेको छ उहाँंलाई । फलफूल स्वस्थ रहनको नियमित दैनिक रूपमा खाईरहनुपर्ने हो । जहिले दैनिक रूपमा फलफूल खानुहुन्छ । उसको जीवन आनन्दले बितेको पाईरहनु भएको होला । फलफूल खानेको जीवनको स्वस्थ खाना हो । फलफूलको रस पिए पनि शरिरलाई आनन्द मिलिरहन्छ । उखानै छ फलफूल खाऔ, स्वस्थ रहौँ । तपाईको कोही आफन्त विरामी भयो भने अस्पताल जानुहुन्छ भने आफ्नो नजिकको फलफूल पसल व्यासीमा किनेर जाऔँ ।
अन्तमा सुष्षमा धलानको जन्म २०३३ सालको असार २ गते आमा सानुमाया धलान र बुबा बिष्णु धलानको छोरी भएर यस धर्तीमा जन्मेको नारी हो । सुष्मा आँटिलो र जाँगरिलो हुनुहुन्छ । कसैले फलफूल यस्तो उस्तो मँहगो वढी लियो भनेर भन्दा हाँसीहाँसी अब मँहगो भयो । हामीले गर्ने होइन् । हामीले पनि दुई चार रूपैयाँ त नाफा खाने हो नि भनी ललाइफकाई किन आउनेलाई खुसी पारेर पठाउन नि सिपालु भै सके हाम्रो सुष्षमा बहिनी ।
उहाँंको फलफूलको पसल व्यासीमा रहेको छ । आउनुस् फलफूल ताजा र पोषिलो खाई जीवन लामो समयसम्म बाँंचौ । यस घर्तीमा जीवनभर  रमाऔँ । उहाँंको फलफूल पसलको जय होस् ।
...

All Comments.......


Please Login/Register To Comments