भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले आगामी २ वर्षका लागि गर्ने महत्वपूर्ण कार्यहरुको पहिचान गर्न यहि पौष २ र ३ गते चन्द्रागिरी हिल्स्मा योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गर्यो । दुई दिने उक्त कार्यशाला गोष्ठीमा संघका नव निर्वाचित कार्यसमिति तथा पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो । कार्यशालामा संघको निवर्तमान कार्यसमितिले दुई वर्ष पहिले तर्जुमा गरेको कार्य योजनाको समिक्षा र बृहत छलफल गरी त्यसलाई परिस्कृत र परिमार्जन गरी नयाँ कार्य योजना तयार गरिएको थियो ।
कार्यशालाको समापन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले भक्तपुर उद्योग वाणिज्य संघ जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुमा उत्कृष्ठ संघ मध्ये एक पर्ने भन्दै भविष्यमा महासंघ र भक्तपुर उद्योग वाणिज्य संघ मिलेर संघ व्यवस्थापन तथा विकासका लागि विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै अघिबढ्न सकिने बताउनु भयो । भक्तपुर उद्योग वाणिज्य संघले महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हुनाले भविष्यमा पनि महासंघमा यसको प्रतिनिधित्व अपरिहार्य रहेको कुरा औंल्याउनु भयो । यस कार्यशालाले तर्जुमा गरेका विभिन्न योजनाहरुले संघका गतिविधिहरुलाई अझ सशक्त बनाउने विश्वास पनि व्यक्तगर्नु भयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले ५५ वर्ष पहिले स्थापना गरी संघलाई आजको अवस्थासम्म ल्याउन अग्रजहरुले पु¥याउनु भएको योगदानको स्मरण गर्दै आफू भन्दा पहिलेका १३ जनापूर्व अध्यक्षहरुले संघको विकास गर्न निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको लागि कृतज्ञता ज्ञापन गर्नु भयो । नेपालभरीका जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघहरुबीच उत्कृृष्ठ संघको रुपमा राखी यसको पहिचानलाई अझ माथि उठाउन लागि रहने प्रतिबद्धता व्यक्त गर्दै संघलाई आर्थिक रुपमासबल बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने बताउनु भयो । आगामी दुई वर्ष संघले जिल्लाको व्यवसायिक कृषि, निर्यातमूखि हस्तकला एवं दिगो पर्यटन लक्षितकार्य गर्ने उल्लेख गर्दै सदस्यता बृद्धि, सदस्यहितका लागि तथा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि जिल्लाका विभिन्न बस्तुगत संघहरु सित सहकार्य गरी अघिबढ्ने कुरा दोहो¥याउनु भयो ।
कार्यशालाका सहजकर्ता तथाव्यवसायिक संघव्यवस्थापन विज्ञ श्री उत्तमझाले कार्य समितिको प्रभावकारिता, संघको व्यवस्थापनतथाविकास सम्बन्धीउपयोगी प्रस्तुतिकरण गर्नु भएको थियो ।वहाँले संघको प्रभावकारिताकालागिध्यानदिनु पर्ने महत्वपूर्ण बुँदाहरुमा केन्द्रितभई कार्यसमिति र सचिवालयले कार्य योजनातयार पार्नु पर्ने कुरामाध्यानाकर्षण गराउनु भएको थियो । साथै सो गोष्ठीमा संघ अन्तर्गत विभिन्नउपसमितिहरु गठन गरी प्रभावकारी ढंगले कार्यक्रमहरु लागू गर्ने विषयमापनि छलफल भएको थियो ।
उक्तकार्यशालाको समापनकार्यक्रममाअतिथिएवं नेपालउद्योग वाणिज्य महासंघका कार्यकारिणी सदयश्री भरत अचार्य, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षश्री युवक राजभण्डारी, निवर्तमानअध्यक्षश्री प्रदीपश्रेष्ठ, बरिष्ठ उपाध्यक्षश्री रोशनी मैयाँधौबन्जाले पनिकार्यशालाको प्रभावकारिता सम्बन्धमाआ–आफ्नो बिचार राख्नु भएको थियो ।