बोडेको निलबाराही नाच नरोकिने


साउन १२, २०७७, सोमबार | दिउँसो १२:४६ बजे | 0


बोडे । भक्तपुरको मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष चल्दै आएको द्यो प्याखँं   (निलबाराही नाच) यो वर्ष पनि सञ्चालन हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले नाच साउन २१ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं ८ का अध्यक्ष देवकृष्ण मोय् श्रेष्ठले नाच हुने मुख्य मार्गमा अव्यवस्थित रुपमा हुँंदै आएको निजी सवारीसाधनको पार्किग एव भबन निर्माण कार्यको लागि राखिएका निर्माण सामाग्रीलगायत अन्य सामाग्रीहरु यथाशिघ्र हटाई जात्रा पर्वलाई सहजता प्रदान गर्न अनुरोध गरेको छ । निलबाराही नाच बोडेमा परापूर्वकालदेखि मनाउँंदै आइरहेको प्रसिद्ध जात्राहरुमध्येको एक धामिर्क महत्वको बोकेका नाच हो ।

Comments