भक्तपुर जिल्ला बचतद्धारा ११ वटा उप–समिति गठन


2021-12-17 04:34:22

News Image

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि को आयोजनामा कूष्ण गोविन्द लाखाजूको नेतृत्वमा नव निर्वाचित संचालक समितिले ११ वटा उप–समिति गठन गरी सदस्यहरुको सपथग्रहण तथा प्रतिवद्धता जाहेर कार्यक्रम विहिबार सुर्यविनायक पार्टी भेन्नु भक्तपुरमा सम्पन्न भयो । कार्यक्रममा  जिल्ला बचत संघका अध्यक्ष कूष्ण गोविन्द लाखाजू ले संघको कार्यक्रम र अभियानमा उपसमितिका सदस्य र सम्बन्धीत सहकारी संस्थाबाट महत्वपूर्ण र दरिलो सहयोग प्राप्त हुने आशा प्रकट गर्नु भयो । उहाँले भन्नुभयो हाम्रो चासो गैर समुदाय आधारित ब्यापारी सहकारीलाई निरूत्साहित गरी समुदाय आधारित संस्थालाई अगाडि लाने हो । सहकारीमा एक ब्यक्ति एक सहकारी को कुरा अब्यबहारिक छ । नेपालको संबिधान प्रतिकुल छ । नेपाल को संबिधान २०७२ को मौलिक हक प्रतिकुल छ । सहकारीको सिद्धान्त  स्वेच्छिक सदस्यता प्रतिकुल पनि छ । उहाँले   बागमती प्रदेश सहकारी मन्त्रालय बिरोध गर्नुको साथै  बागमती प्रदेश को संसदमा समेत प्रस्ताव लान सांसद ज्यूहरू संग  छलफल गरीरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक संकट आउने सम्भावना तर्फ संकेत गर्दै ठूलो रकमको  कर्जा केहि समय रोक्न, अनुरोध   गर्दै आर्थिक संकटको बेला जिल्ला संघ महत्वपूर्ण पातो हो । सहकारी को पैसा जिल्ला संघमा भन्ने झै तरलता ब्यबस्थापन को जुनसुकै बेला संघ कारोबार गर्न  तयार छ । संघमा भएका कुरा संस्था मा छलफल गर्न र जानकारी  दिन प्रतिनिधि साथीहरुलाई अनुरोध गरनू भयोे । कार्यक्रममा संघका उपाध्यक्ष हरि वल्लले स्वागत र सचिव जगन्नाथ प्रजापतिले समिति उप–समितिको काम कर्तव्य र अधिकारबारे जानकारी गराउनु भयो । कार्यक्रमको संचालन संघका ब्यबस्थापक बालकूष्ण ध्वजूले गर्नु भएको थियो । प्रप्त जानकारी अनुसार ११ वटा उप–समिति मा ३२ जना उप–समिति सदस्यहरू चयन गरिएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *