दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०७८ सम्पन्न


मंसिर २६, २०७८, आइतबार | साँझ ०४:१२ बजे | 20


दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०७८ सम्पन्न

नेपाल तामाङ कलाकार सङ्घद्वारा आयोजित ‘दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०७८’ सम्पन्न भएको छ ।
चुच्चेपाटीस्थित होटेल हायात ग्राउन्डमा शुक्रवार र शनिवार दुई दिनसम्म चलेको महोत्सव सङ्गीतमय बनेको थियो । महोत्सवमा सेलो‚ म्हेन्दोमाया‚ खान्दोके र फापरे गीत लगायत नृत्यहरूको प्रस्तुतिले सङ्गीतमय बनाएको थियो ।
महोत्सवमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समापन सभालाई सम्बोधन गर्दै महोत्सवले तामाङ समुदायको संस्कृतिमा थप टेवा पुग्ने बताइन् ।
महोत्सवको मूल आकर्षण ताम्बा संस्कृति रहेका थिए । त्यस्तै मौलिक सेलो सङ्गीत विषयमा विज्ञहरूसँग छलफल समेत भएको थियो ।
महोत्सव तामाङ मौलिक खाना, पुस्तक, भेषभुषालगायतका स्टलहरूले सजिएका थिए ।
उद्घाटन सत्रमा सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सम्बोधन गरेका थिए ।
मनोरञ्जनको माध्यमबाट विविध विषय उजागर गराउने उद्देश्यले महोत्सव आयोजना गरेको सङ्घका अध्यक्ष विश्व दोङले बताए ।


Comments

ताजा खबर