२ सय वर्ष पुरानो दिप (चिहान)को जिर्णोद्धार सम्पन्न, सहयोगीहरु सम्मानीत


मंसिर २६, २०७८, आइतबार | विहान ०२:४४ बजे | 20


२ सय वर्ष पुरानो दिप (चिहान)को जिर्णोद्धार सम्पन्न, सहयोगीहरु सम्मानीत

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ वडा लखतिर्थमा अवस्थित दुइसय वर्षभन्दा पुरानो दिप (चिहान)को पुनर्निर्माण तथा जिर्णोद्धार सम्पन्न भएको छ । श्री अशोक विनायक गुथिको पहलमा लखतिर्थ दिप सुधार तथा जीर्णोद्धार समितिबाट उक्त अमूल्य सम्पदा लखतिर्थ दिप (मसान)को पुनर्निर्माण तथा जिर्णोद्धार भएको हो ।
मसानको पुनर्निर्माण तथा जिर्णोद्धार सम्पन्न भएको उपलक्ष्यमा आज एक समारोहको बीच चन्दादाता एवं सहयोग गर्ने स्थानीयहरूको नामअंकित शिलापत्र तथा संस्कृति एवं सम्पदाका विभिन्न लेख समेटेर समितिको आर्थिक विवरण सहित प्रकाशित लखतिर्थ दिप (मसान) स्मारिकाका लोकार्पण भएको छ ।
कामपा १५ लखतिर्थमा अवस्थित उक्त मसान नजिकैको जगत सुन्दर ब्वनेकुथिको सभाहलमा भव्य समारोहका बीच समितिका सल्लाहकार जेष्ठ नागरिक एवं समाजसेवी सुवर्णमान डंगोलको मुख्य आतिथ्यमा बिभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई दिप संरक्षण तथा सुधार गर्ने कार्यमा हातेमालो गरेकोमा सम्मान पत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय समिति सदस्य तथा काठमाडौं ८ नं क्षेत्रका संघीय सांसद जीवन राम श्रेष्ठ, कामपा १५ वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल सिंह, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जनलगायतले आर्थिक एवं भौतिक रूपमा सहयोग गर्ने महानुभावहरूलाइ सम्मान एवं मतिनाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा जीर्णोद्धार समितिले प्रकाशन गरेको स्मारिका प्रमुख अतिथि सुवर्णमान डंगोल र संघीय सांसद जीवनराम श्रेष्ठले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा सांसद जीवन राम श्रेष्ठले ऐतिहासिक इतिहास बोकेका सम्पदाको सम्रक्षण समयमा नगरे हराएर जान सक्ने  बताउनु भयो। ‘हामी सस्कृति र सम्पदासँग प्रत्यक्ष जोडिएका छौं। मृत्यु संस्कारको परम्परा हाम्रो संस्कारसँग जोडिएर रहेको छ। मृत्यु दाहसंस्कार गर्ने दिप ९चिहान ०को सम्रक्षण गर्न सके हाम्रो परम्परा जोगिन्छ।’श्रेष्ठले भन्नुभयो, ‘दिप (चिहान) लाई नयाँ बैज्ञानिक ढंगको रुपान्तरण गर्दै लजानु पर्ने समयको आवश्यकता हो ।’

मन्तब्य राख्ने क्रममा कामपा प्रवक्ता एवं १५ वडाध्यक्ष इश्वरमान डंगोलले दिप संरक्षण तथा जिर्णोद्धार कार्य स्थानीय मोडलमा भएको बताउनुभयो । उहाँले श्री अशोक विनायक गुथि निभाएको भुमिका एवं सुरूवात समयमा सहयोग गर्नुहुने चन्द्र मान सिंह सम्झनुभयो ।
‘मानव जीवनको अन्तिम लक्ष्य भनेकै यही दिप हो, र यहि दिप बनाउन सबैले अपनत्व देखाएकोमा सामाजिक प्राणी स्थानीय नागरिकहरूले मानव जीवनको परम्परागत मुल्य मान्यतालाइ समाजमा नमुनाको रूपमा प्रस्तुत गरेको छ ’ उहाँले भन्नुभयो ।
संसद बिकास कोष तथा विभिन्न दाताहरुको चन्दा सहयोगमा करिव दुइ सय बर्ष भन्दा पुरानो  इतिहास रहेको लखतिर्थ दिप (चिहान) जीर्णोद्धार गरि पुनः निर्माण भएको हो। दिप (चिहान)लाइ नयाँ बैज्ञानिक पद्दतिमा बनाउने कार्य भइरहेको लखतिर्थ दिप (चिहान) सुधार तथा जीर्णोद्धारसमितिले जनाएको छ।
जीर्णोद्धारसमितिका अध्यक्ष मचाम महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त सम्मान तथा शिलापत्र अनावरण कार्यक्रममा समितिका सदस्य शंकर महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । साथै समितिका सचिव पुरूषोत्तम लाल सिंहले सम्पुर्ण महानुभावहरूमा आफ्नो स्वागत मन्तब्य राख्नुभएको थियो भने समितिका कोषाध्यक्ष मोहन नारायण महर्जनले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।
<!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:8.0pt; mso-para-margin-left:0in; line-height:107%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments