कमलबिनायक साकोसको १४ औं साधारणसभा सम्पन्न


2021-12-11 13:22:23

News Image

कमलबिनायक साकोसको १४ औं साधारणसभा सम्पन्न
कमलबिनायक बचत तथा ऋण सहकारी साकोसको १४ औं साधारणसभा आज एक कार्यक्रमबीच भक्तपुर नपाका उपप्रमुख रजनी जोशीद्वार पानसमा  दीप प्रज्ज्वलन् गरी उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा भनपाका जनपक्षीय बिभिन्न कार्यक्रमहरुको चर्चा गर्नुहुदै “ख्वप मोडेल“ को रुपमा शिक्षामा मात्रै नभइ संस्कृति संरक्षण, स्वास्थयमा जनताको सजिलो पहुचबारे नपाको काम गर्ने तरिकाबारे उहाले नेपालभरि चर्चा रहेको बताउनुभयो। सहाकारीका सदस्यहरुलाई बढी ब्याज पाउने लोभमा पर्न नहुने र सहकारीका काम कर्तब्यहरुबारे प्रत्यक्ष निगरानी राख्न पनि जोशीले सचेत पर्नुभयो ।
भनपाले आफ्नो काम कार्बाही घोषणापत्रको प्रतिबध्ता अनुरुप नै इमान्दार भएर गरिरहेको बताउनुभयो।
अर्को अतिथि तथा भनपा वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सहकारी आर्थिक लेनदेनमा मात्र सिमित नभइ सदस्यहरुलाई बिभिन्न तालिमहरु प्रदान गरी आर्थिकस्तर बृध्दिसंगै देशप्रति सचेत पार्नुपर्ने र हालको अबस्थाम ःऋऋको बिरोध गर्नपर्ने पनि बताउनुभयो।
उक्त कार्यक्रम साकोसका अध्यक्ष कृष्णप्रसाद लाखाले अतिथिहरुलाई मायाको चिनो प्रदार गर्नुहुदै ओरेन्टल र सिभिल सहाकारीजस्ता बद्मास सहकारीहरुबाट बच्नुपर्ने र सम्बन्धित निकायले नियमित ध्यान दिनुपर्ने बताउनुभयो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *