अमेरिकाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत भक्तपुर उद्योग वाणिज्य संघमा
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्षश्री शिवप्रसादमानन्धरले प्रसिद्ध लोक गायकतथा संयुक्त राज्य अमेरिकाकालागिनेपालीअवैतनिक महावाणिज्यदूत श्री प्रेम राजामहतलाई एक समारोह बिच संघ सचिवालयमा स्वागतगर्नु भयो ।
उक्तअवसरमाबोल्दै अध्यक्षश्री मानन्धरले लोक गायनको क्षेत्रमाख्यातीकमाउनु भएकातथा संयुक्त राज्य अमेरिकामाबसोबास गर्दै नेपालको महावाणिज्य दूतको अभिभारा सम्हाल्दै आउनु भएकाश्री प्रेम राजामहतलाई संघमा स्वागतगर्न पाउँदागर्ववान्वितमहसूशभएको बताउनु भयो । वहाँको नेपाल र नेपालीप्रति रहेको अगाध प्रेमभावको प्रशंसा गर्दै देशको संस्कृति, पर्यटन र व्यापार व्यवसायको विकासमा पु¥याउनु भएको योगदानको ठूलो महत्व रहेको छ भन्नु भयो र आगामीदिनहरुमापनि नेपालको कला संस्कृति, उद्योग व्यापारको विकासमाथप सहयोग गर्दै जानु हुने कुरामाआफू विश्वस्त रहेको बताउनु भयो ।
सोहीअवसरमाआफ्नो बिचार राख्दै श्री प्रेम राजामहतले कला संस्कृतिले भरिपूर्ण ऐतिहासिकनगरी भक्तपुरमापाएको न्यानो मायाले आफू भावविह्वलभएको भन्दै भक्तपुर जिल्लाले आफ्नो कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न गरेको कार्यको मुक्त कण्ठले प्रशंसा गर्नु भयो । अमेरिकामा नेपाली सामानहरुको आयातमाभन्सार छूट गराउन धेरै मेहनत गरेको र यसबाट नेपालीउत्पादनलाई अमेरिकीबजार सम्म पु¥याउन सहजहुने बताउनु भयो । आफ्नो व्यक्तिगतप्रयासमापनि अमेरिकीमित्रहरुलाई नेपाल भ्रमण गर्नको लागिअभिप्रेरित गर्ने गरेको स्मरण गर्दै आफू नेपालआउँदा धेरै अमेरिकीहरुलाई संगै नेपालल्याउने गरेको पनि सुनाउनु भयो । भक्तपुर उद्योग वाणिज्य संघको आतिथ्यताबाट आफू प्रभावितभएको र भविष्यमायस संघ सितमेरिल्याण्डको चेम्बर अफकमर्शको भ्रातृत्वविकास गराउनपनिप्रयास गर्ने बताउनु भयो ।
उक्तकार्यक्रममा संघका निवर्तमानअध्यक्षश्री प्रदीपश्रेष्ठ, महासचिवश्री दिनेश गोसाई, सचिवश्री विश्वरामदुवाल, कोषाध्यक्षश्री शचिन्द्र प्रधानाङ्ग,कार्य समिति सदस्यश्री लब्साङ्गलामा, तथाश्री जितेन्द्र खायमलीतथाकाभ्रेका सामाजिकअभियन्ताश्री निमनहुमागाईले पनिआ–आफ्नो विचार राख्नु भएको थियो ।