भक्तपुरमा मुख्य कार्यालय रहेको गोर्खा इको प्यानलको पोखरामा विक्रीवितरण अव पोखरा विन्ध्यवासिनी टेडर्सबाट
काठमाडौं । पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरास्थित पोखरा विन्ध्यवासिनी टेडर्सबाट हुने भएको छ । यसका लागि गोर्खा इको प्यानल र पोखरा विन्ध्यवासिनी टेडर्सवीच पोखराको हलचोकस्थित गोर्खा इको प्यानलबाट बनेको नवनिर्मित एक होटेलमा एक कार्यक्रमवीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी टेडर्सका निर्देशक धर्म विष्टले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरसँंगै अव पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण वढ्ने विश्वास गरिएको छ । यसअघि पनि पोखरा र त्यस आसपासका विभिन्न जिल्लाहरुमा गोर्खा इको प्यानल लोकप्रिय थियो । पोखरा आसपासका हिमाली जिल्लाहरु मनाङ, वाग्लुङ, मार्दीलगायतका ठाउँंहरुमा गोर्खा इको प्यानलको प्रयोग गरी अस्पताल, स्वास्थ्य चौकी, स्कुल भबनहरु बनेका थिए ।
यसअघि पनि पोखरामा गोर्खा इको प्यानल अर्के टे«डर्सबाट विक्रीवितरण हुने गर्दै आएको थियो । तर अहिले पोखराका लागि गोर्खा इको प्यानल विक्रीवितरण गर्ने वितरक परिवर्तन गरी पोखरा विध्यवासिनी टे«डर्ससँंग समझदारी गरी गोर्खा इको प्यानलको विक्रीवितरणको जिम्मेबारी उसैलाई सुम्पिएको हो ।
गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि छ । यसका अनेक विशेषताका कारण हिजोआजा यो देशभरि नै लोकप्रिय छ । यही कारण यो निर्माण सामाग्री देशभरि नै विक्रीवितरण भइरहेका छन् ।
गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट निर्मित निर्माण सामाग्री हो । आइसएसओ सर्टिफाइ प्राप्त इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिबाट गोर्खा इको प्यानल उत्पादित छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने मुल नाराका साथ यसले वातावरणमैत्री रुपमा निर्माण सामाग्री उत्पादन गर्दै आएको छ । यसको मुख्य कर्पाेरेट अफिस अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेमा अवस्थित छ ।