तामाङ मौलिक सेलो संगीत महोत्सव – २०७८ हुने


मंसिर २२, २०७८, बुधबार | विहान १०:०६ बजे | 5


तामाङ मौलिक सेलो संगीत महोत्सव – २०७८ हुने

सम्पूर्ण  तामाङ  कलाकारहरुको एकता, तामाङ  कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता भन्ने  मूल नाराक साथ् द्रोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव – २०७८ को आयोजना हुने  भएको  छ ।
मङ्सिर २४ र २५ गते काठमाडौंको हायत रिजेन्सीमा हुने उक्त  महोत्सवमा  बरिस्ठ  गायक तथा संगीतकार जयनन्द लामा, चन्द्र कुमार मोक्तान, चन्द्र कुमार दोङ , रोज मोक्तान, इन्दिरा गोले, सन्जीब वाईबा, सन्तोष लामा, डिजे तेन्जिङ लगायतका कलाकारहरुको बेजोड  प्रस्तुति  रहने छ ।
महोत्सव  आयोजक सस्थाका अध्यक्ष बिश्व दोङका अनुसार  महोत्सवका सम्पूर्ण  तयारी  भइसकेको  र ब्यापक  प्रचारप्रसार गरी महोत्सव  सफल  बनाउन लागिपरेकोले तामाङ  कला, संस्कार, सास्कृतिलाई जगेर्ना  गर्न सकिने  बताउनुभयो। तामाङ  कलाकार  संघ  नेपालको आयोजनामा हुने महोत्सव निशुल्क अबलोकन गर्न  सकिने अध्यक्ष  दोङ्ले जनकारी दिनुभएको छ।

Comments

ताजा खबर