अखिल नेपाल भक्तपुरको सम्मेलन भक्तपुरमा सम्पन्न


2021-12-04 11:00:36

News Image

भक्तपुर । नेकपा माओवादी केन्द्रको भातृसँगठन अखिल नेपाल टे्रड युनियन महासंघ भक्तपुर जिल्ला कमिटीको चौथों एतिहासिक सम्मेलन आज भक्तपुरमा सम्पन्न भएको छ ।
रफत सञ्चार क्लबको सभाकक्षमा आज सम्मेलनको उद्घाटन गद्ै नेकपा माओवादीका भक्तपुर जिल्ला अध्यक्ष ढिपी ढकालले एमालेको चितवन अधिबेशन कुम्भ मेला नभएर गरुढ मेला भएको आरोप लगाएका छन् । उनले यो मेला आयोजनासँगै भष्टाचारिताको पराकाष्ठ बढेको बताउँदै माओवादीले राजनितिक बृतमा केहि नगरेको भ्रम फैलाउने काम एमालेले गरेको बताए ।
केपी ओलीले सकेको भए यो ब्यवस्था सक्ने थिए तर माओवादीको आन्दोलनकै कारण बिफल भएको ढकालले बताए ।
नेपाली राजनितिमा मौसमि रुप परिवर्तन भएको र बिभिन्न काल खण्डमा संक्रमणकालिन अवस्था पार गर्दै आएकाले अव नयाँ आन्दोलको सुरुवातसँगै नेकपा माआबादी पार्टी पहिलो शक्तिका रुपमा उदाउँने बताए ।
अखिल नेपाल टेड्रयुनियन महासंघका केन्द्रिय उपमहासचिब तथ बागमति प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठले ठूला राजनितिक दलहरुका भातृसँगठ अन्र्ततका टेड्रयुनियन रहेता पनि बास्तवमै श्रमीकहरुको हकहितमा भरोसायोग्य आफूहरुमात्रै रहेको बताए ।
कार्यक्रममको अध्यक्षता गरेका सूर्यबिनाक नगर कमिटिको अध्यक्ष सानुकान्छा आलेमगरले निरन्तररुपमा भक्तपुर जिल्ला महासंघको नेतृत्व गर्दै गर्दा भक्तपुर जिल्लामा रहेका मजदुरहरुको सेवा सुबिधा बृद्धिका साथै नेतृत्व बिकासका लागि युनियनले महत्वपूर्ण भूमिका खेलको बताए । नवनिर्वाचित कमिटिले भक्तपुर जिल्लामा रहेका बिभिन्ने पेशामा संलग्न श्रमीक बर्गको आर्थिक तथा बैचारिक रु पान्तरणमा अहंम भूमिका खेल्ने बिश्वास ब्यक्त गरे ।
सम्मेलनले मिलन लामाको नेतृत्वमा २१ सदस्यीय कमिटी घोष्णा गरेको छ । पहिलो बठैकले थप चार सदस्य समेत मनोनित गर्ने लामाले बताए । जनयुद्धकालदेखि नै आफूलाई पार्टिले सुम्पिएको जिम्मेवारी बहन गर्दै आएको बताउँदै लामाले थप नयाँ जिम्मेवारीलाई समेत आफ्नो बलबुताले भ्याएसम्म श्रमजीबिहरुको हकहितमा लगाउने बताए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *