भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचितकार्य समितिलाई एक समारोहबीच भक्तपुर इन्टरनेशनल अस्पतालमा स्वागत गरी बधाई तथा शुभकामना प्रदान गरियो । अस्पताल सञ्चालक समितिका अध्यक्ष श्री ज्ञानकृष्ण श्रेष्ठले संघका अध्यक्ष श्री शिवप्रसाद मानन्धरलगायत कार्यसमितिलाई स्वागत गर्नुभएको थियो ।
संघका अध्यक्ष श्री शिवप्रसाद मानन्धरले स्वागत सम्मानका लागि आभार व्यक्त गर्दै भक्तपुर जिल्लामा स्थापना भएका उद्योग व्यवसायहरुको हित र प्रवद्र्धनमा संघ हरदम लाग्ने विश्वास दिलाउनुभयो । अस्पताल भन्ने वित्तिकै विरामीको सेवा गर्ने संस्था भएको हुनाले उत्कृष्ठ सेवाको अपेक्षा गरिने कुरा औंल्याउनुभयो । सेवामूखि भावले जिल्लाका विभिन्न संघ संस्थाहरुसंग मिलेर अघि बढनु अस्पतालको लागि हितकर हुने सल्लाह दिँदै संघका सदस्य र परिवारका लागि छुट र सहुलियत दिने व्यवस्थाको लागि अस्पताल व्यवस्थापनलाई धन्यवाद समेत दिनुभयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष श्री ज्ञानकृष्ण श्रेष्ठले संघका पदाधिकारीहरुलाई स्वागतगर्न पाउँदा खुशी लागेको छ भन्दै भक्तपुर उद्योग वाणिज्य संघका सदस्यहरुको लागि प्रिभिलेज कार्ड वितरण गरी सदस्य लगायत उहाँहरुका परिवारलाई विशेष छुट तथा सहुलियत दिन लागेको कुरा बताउनुभयो । ५० शैया क्षमतासहित गत चैत्र महिनादेखि अस्पतालले सेवा सुचारु गरेको जानकारी गराउँदै नेपाल सरकारको निर्देशनबमोजिमअस्पतालको पूर्ण क्षमताको ५ प्रतिशतले हुनआउने संख्यागरिब असहाय बिरामीहरुलाई छुट्याई अनिवार्य निशुल्क सेवादिनु पर्ने व्यवस्थालाई पनिपालनागर्दै आएको बताउनु भयो ।
कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख श्री रामजीकुमार श्रेष्ठले पनि आफ्नो बिचार राख्नु भएको थियो ।