लैङ्गिक हिंसा विरुद्धको अभियान : व्यवसायिक क्षेत्रमा महिलाको सुरक्षा विषयमा अन्तरक्रिया


2021-12-03 10:14:51

News Image

भक्तपुर चेम्बर अफ कमर्श र महानगरीय प्रहरी परिसर भक्तपुरले संयुक्तरुपमा आयोजना गरेको व्यवसायिक क्षेत्रमा महिलाको सुरक्षा विषयको अन्तरक्रिया कार्यक्रम भक्तपुरमा सम्पन्न भयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजना भएको उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुदै प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विशेष गरी महिलामाथि हुने अधिकांस हिंसाका घटनाहरु बाहिर नआउने गरेकाले त्यस्तो हिंसा अन्त्यका लागि सबै मिलेर कार्य गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । यसैगरी वहा“ले उक्त कार्यक्रम आयोजनाको प्रशंसा गर्नुहुदै लैङ्गिक हिंसा विरुद्धको अभियानलाई अभियान अवधिमा मात्रै सिमित नगरी सधैका लागि व्यवहारिकरुपमा लागू गर्नु पर्नेमा समेत जोड दिनुभयो ।
भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्नु हुंदै वहाले आर्थिक संवृद्धिको मुख्य आधार भनेकै हिंसा मुक्त समाज रहेको बताउनु भयो । यसैगरी वहाले आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढन थालेको मौजूदा परिवेशमा महिलाहरुलाई लैङ्गिक हिसाबाट मुक्त गराउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरुसंग अन्तरक्रिया गर्नुहुंदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक श्री शिव कुमार श्रेष्ठलेसमाजमा हुने विभिन्न खाले हिंसालाई रोक्न आपसमा सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनु भयो । साथै वहांले हिंसा विरुद्ध उजुरी दिन, न्याय पाउन विलम्ब नगरी हिंसाको प्रकृति अनुसार सरोकारवाला निकायमा समयमै पुग्नुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्नु हुंदै नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य, भौतिक पूर्वाधार विकास सभापति एवं भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार श्री रोशन भोयद्योले आर्थिक गतिविधिमा कृयाशिल महिला उद्यमी व्यवसायीहरु लैङ्गिक हिसा जस्ता गतिविधिहरुबाट सर्तक हुनु पर्ने र यस्ता विषयहरुमा महिला उद्यमी व्यवसायीले आवश्यक सुचना संकलन र सहयोगका लागि समन्वय विकास गरिराख्नु पर्नेमा जोड दिनु भयो ।
सो क्रममा भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष श्री कविदास धौबजी श्रेष्ठले महिलाहरुको सुरक्षामा विशेष ध्यान पु¥याई महिलालाई आर्थिक क्षेत्रमा स्वतन्त्रता प्रदान गरेका मुलुकहरुको आर्थिक संवृद्धि राम्रो भएको बताउनु भयो । यसैगरी मध्यपुरथिमि नगर चेम्बरका उपाध्यक्ष श्री उषा प्रजापतिले महिलाहरुलाई सुसुचित बनाउने किसिमका गतिविधिहरु नियमितरुपमा सञ्चालन हुनु पर्नेमा जोड  दिनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका ७० भन्दा बढि महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *