हनुमानघाटस्थित छिपा ताँ र खो¥ह दीप ध्वाखाको आज समुद्घाटन


मंसिर १६, २०७८, बिहीबार | विहान ०२:३० बजे | 5


हनुमानघाटस्थित छिपा ताँ र खो¥ह दीप ध्वाखाको आज समुद्घाटन

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित छिपा ताँको र पूवृतिर निर्माण गरिएको खो¥ह दीप ध्वाखाको आज उद्घाटन हुने भएको छ। उक्त ताँ र ध्वाखाको सयुक्तरुपमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्धार समुद्घादन हुने भएको छ, । आज (विहिबार) ११ः३० बजे गरिने छ।


भक्तपुरको हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह« दीप ध्वाखा (गेट) बनाउन ४६ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको जनाएको छ। दीप ध्वाखाको दायाँबायाँ सहायकद्वार र बीचमा मुख्यद्वार रहेको सो ध्वाखा निर्माणको लागि अहिलेसम्म उक्त रकम सहयोग जुटिसकेको निर्माण समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले जानकारी दिए।

अध्यक्ष खाइजूका अनुसार सुरुमा ठूलो एक द्वारमात्र बनाउने लक्ष्य थियो। पछि संस्कृतिविद्, इतिहासकार तथा समाजसेवीहरूको सल्लाहअनुसार तीन प्रवेशद्वार निर्माण गरिएको उनले बताए। अहिले प्रवेशद्धारको निर्माण कार्य सम्पन्न भइसकको छ । द्धारको बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान विजुक्छें रोहितले उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ।

खोह« दीप ध्वाखा निर्माण समितिका सचिव कृष्णगोविन्द लाखाका अनुसार सुरुको ध्वाखाको नाम ‘चन्द्रबिन्दु दीप’ प्रवेश द्वार राखिएको थियो । ०७७ फागुन १६ गते इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ, विनोदराज राजोपाध्याय, पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजा, स्थानीय वडाध्यक्ष उकेश कवां र इ। सूर्यभक्त खर्बुजासमेतको छलफलअनुसार उक्त ध्वाखाको नाम खोह« दीप ध्वाखा नामकरण गरी निर्माण समिति गठन गरिएको थियो।

निर्माण समितिले एक लाख वा सोभन्दा बढी आर्थिक सहयोग गर्नेलाई सम्मानसहित प्रशंसापत्र र १० हजार वा सोभन्दा बढी सहयोग गर्ने महानुभावहरूको नामावली शिलापत्रमा उल्लेख गर्ने निर्णय गरिसकेको छ। ध्वाखा निर्माणको क्रममा भनपा– ७ निवासी प्रवीण कुस्माले ११ लाख बराबरको तामाको छाना र गजुर राखेर उल्लेखनीय सहयोग गरेको खाइजूले बताए । त्यसरी नै विष्णुभक्त मारिखुले एक लाख ८४ हजार पाँंच सय ४८ रुपैयाँं मूल्य बराबरको दाची अपा ९इँटा० राख्न सहयोग गरेको जनाएको छ।

अध्यक्ष खाइजूका अनुसार उक्त द्वार निर्माणमा स्थानीय १८० वटाभन्दा बढी गुठियारहरूले आर्थिक सहयोग गरेका थिए। द्वार निर्माणको काम गर्न स्थानीय सिकर्मी र डकर्मी तथा ढुङ्गाको काम गर्न ललितपुरका मूर्तिकारले सहयोग गरेको निर्माण समितिका सचिव लाखाले बताए। द्वार निर्माणमा सहयोग गर्नेहरुमा गुठियारबाहेक समाजसेवी, व्यापारी र सहकारी सङ्घ संस्थाको महत्वपूर्ण योगदान रहेको जनाइएको छ।

निर्माण समितिका अध्यक्ष खाइजूका अनुसार एउटा गुठीले नै रु। ६० हजारको आर्थिक सहयोग गरको थियो । निर्माण समितिले गुठीगुठीमा पत्राचार गर्नेबित्तिकै सबैजस्तो गुठियारहरूले आर्थिक सहयोग गरेको जनाइएको छ। द्वार निर्माण भइरहेको छ भन्ने खबरको आधारमा सहयोग गर्ने समूहको ताँती लागेको थियो,’ अध्यक्ष खाइजुले भने। द्वारमा उत्तरतर्फ ढुङ्गाको कलश २, भैरव र भैरवी, धर्मराज र गरुड नारायण, दक्षिणतर्फ ढुङ्गाको कलश २, गणेश, कुमार, नृत्यश्वर र नृत्यनाथको मूर्ति छन्।

छानाको विकल्पमा काठको अष्टमातृका र अष्ट भैरव तथा ध्वाखाको छानामुनि उत्तरतर्फ ढुङ्गाको विष्णु र दक्षिणतर्फ उमामहेश्वरको मूर्ति रहेको देखिन्छ। द्वार निर्माण गर्न ०७७साल मंसिर ८ मा भेला आयोजना गरिएको थियमे। सो भेलाले कृष्णगोविन्द खाइजूको अध्यक्षतामा १३ सदस्यीय खोह्र दीप ध्वाखा निर्माण समिति गठन गरेको थियो।

हनुमानघाटस्थित छिपा ताँ भक्तपुर नपाबाट उपभोक्ता समितिमार्फत काम गर्ने क्रममा खोह« दीप प्रवेश गर्ने ठाउँमा दुईवटा मूर्ति ९धर्मराज र गरुड नारायणको० सहित दुईवटा खम्बा भत्काउनु परेको कारण स्थानीय गुठी, सङ्घ संस्था वा व्यक्तिहरूको सहयोग र साथमा सो ध्वाखा निर्माण गर्न सफल भएको अध्यक्ष खाइजूको भनाइ छ।

Comments