काठमाडौँ — लेखक तथा पत्रकार भरतबन्धु थापाले तस्बिरमा नेपाल फोटो पुस्तक बजारमा ल्याएका छन् । ‘तस्बिरमा नेपाल’ पुस्तक थापाको छैठौ कृति हो । तस्बिरमा नेपाल नामक पुस्तकमा पुर्वमा ओलाडचुढगोलादेखि पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जनपुरसम्मका तस्बिरहरू समावेश गरिएको छ ।  सातै प्रदेशको परिचयसहित त्यहाँका प्रमुखस्थानका तस्बिरहरूलाई एउटै कृतिमा समेटेर नेपाल प्रज्ञा पतिष्ठानले प्रकाशन गरेको हो ।
पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले विगतदुई दशक देखि  कैद गरेका नेपालको भौगोलिक,प्राकृतीक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी तस्बिरहरू समावेश गरेर तस्बिरमा नेपाल पुस्तकल्याएकाहुन् ।
प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रदेशका परिचय सहितप्रदेशलाई चिनाउने तथाप्रदेशकाधार्मिक, साँस्कृतीक, प्राकृतीकतथा ऐतिहासिक महत्तवपुर्ण स्थानकाचित्र सहितत्यसको महत्तवकाबारेमा जानकारी समेत पुस्तकमाउल्लेख गरीएको छ ।
नेपालको सुन्दरता तथा यसको महत्वलाई तस्बिरमार्फत समेट्ने प्रयास गरेको बताउने लेखक थापाले भने मेरा पुस्तकमध्ये यो पुस्तक छैठौ पुस्तक हो । यस पुस्तकमा पुर्वमा ओलाडचुढगोलादेखि पश्चिममाकालापानीसम्म र उत्तरमा सगरमाथा देखि दक्षिणमा जनपुर सम्मकातस्बिरहरू समावेश छन् । यो पुस्तकनेपाल बुझ्नलाई अाँखीझ्याल हुन सक्छ भन्ने मेरो विश्वास रहेको उनले बताए ।
नेपाल भौगोलिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदाका दृष्टिले धनी छ । नेपाललाई प्राकृतिक सुन्दरताको खानी मानिन्छ । सब्घीय संरचनाअनुसारको वर्तमान नेपालका सातै प्रदेशमा विभिन्न संस्कृति, आस्था र बहुल जातीय मानिसको बसोबास रहेको छ । यी हाम्रा सांस्कृतिक सम्पत्ति हुन् । यी सबै कुराहरू पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण छन् । हामीले विश्वमा नेपालका यिनै कुराहरूलाई मात्र देखाउन सक्याँै भने पनि यहाँको जीवनस्तर उकासिने मात्रै होइन, राज्यको समृद्धिमा समेत कोसेढुब्गा साबित हुन सक्दछभन्ने हेतुनै यस पुस्तकमासमाबेश गरीएको छ ।  यस पुस्तकमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’भन्ने विश्वास रहेको उनले बताए ।
प्रतिष्ठानले नेपाल चिनाउने बृहत ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने घोषणा दुई वर्षअगाडि नै गरेको थियो । तर कोभिड–१९ का कारण सरकारबाट आवश्यक बजेट प्राप्त नभएपछि ग्रन्थको अनुसन्धान तथा लेखन कार्य पूरा हुन सकेको छैन । तस्बिरबाट मात्र भए पनि सिंगो मुलुक चिनाउने योजना पूरा भएको  प्रतिष्ठानका सदस्य सचिवप्राध्यापक जगत प्रसाद उपाध्यायले बताए । उनले भने ३ सय २० पृष्ठको तस्बिरमा नेपाल पुस्तकको मुल्य २ हजार ७० रुपैया रहेको छ । प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा पुस्तक प्राप्त गर्न सकिनेछसदस्य सचिवउपाध्यायले बताए ।
लेखक थापाले यस वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९),
कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०) र गन्तव्यमध्यपुर (२०२१) पुस्तकप्रकाशनमाल्याई सकेका छन् ।



...

All Comments.......


Please Login/Register To Comments